अमेरिकाको स्वार्थमा सीके राउतसँग सहमति, खुल्यो गोप्य राज, चीनलाई तनाव

काठमाडौं । नेपाली चेलीलाई ‘बेश्या’ भनेर देश टुक्र्याउने अभियानका नाइके सीके राउतसँग प्रधानमन्त्री केपी शर्मा ओली, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले देखाएको सदाशयताले विभिन्न शंका उपशंकाहरु उब्जाएका छन् ।

बिखण्डनकारीलाई जेल हाल्नुपर्नेमा दुई तिहाइ बहुमतका बलियो सरकारले सीके राउतलाई पहिचान दिएको छ । अमेरिकाबाट नासाको जागिर छाडेर नेपाल टुक्र्याउने भनेर आएका सीके राउतलाई एकाएक सर्वोच्च अदालतको आदेशबाट छाडियो ।

ओलीले आफू बस्ने सरकारी क्वाटर बालुवाटारमा लगेर सहमतिका बुँदा ड्राफ्ट गरे । बिखण्डनकारीप्रति ओली र प्रचण्डले देखाएको सहानुभूतिले नेपालीहरूको चित्त दुखाएको छ । सीके राउतसँग गरिएको भनिएको ११ बुँदेलाई उनले धोती लगाइदिएका छन् ।

अमेरिकाको भ्रमणका बेला अमेरिकनहरूले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग सीके राउतको गतिविधिका बारेमा जिज्ञासा राखेका थिए । त्यसबेला नै अमेरिकाले राउतलाई बैधानिकता दिन नेपाललाई दबाब दिएको भनेर टिकाटिप्पणी हुन थालेका छन् ।

राउतको अभियानलाई बैधता दिने कुरामा परराष्ट्रमन्त्री ज्ञवालीको पनि विशेष भूमिका रहेको चर्चा हुन थालेको छ । नेपालको तराईलाई टुक्र्याएर अमेरिकन र पश्चिमा राष्ट्रहरूले आफ्नो उद्देश्यपूर्ति गर्ने अभियानमा लागेका छन् । उनीहरूले नेपालमा अस्थिरता मच्चाएर नेपाललाई बिभाजन गर्ने तयारी थालेका छन् ।

राउतले आफूलाई परिवर्तन गर्ने भने पनि उनलाई त्यति सजिलो छैन । राउतले आफू जेलमा सड्नुपर्ने भएपछि रणनैतिक रुपमा देश टुक्र्याउने कुरामा पछाडि हटेको मौखिक सहमति गरेका हुन् । ओली सरकारले राउतलाई बिखण्डनको नारा लगाउन र संगठन गर्न खुला गरिदिएको छ ।

ओली सरकारको यो कार्यको नेकपाभित्र असन्तुष्टि छ । ओली र प्रचण्डका विरुद्ध नेकपाका नेताहरूले विद्रोह शुरु गरिसकेका छन् । सरकारी पक्षबाट जति नै बचाउ गरेपनि सीके राउतले जनकपुर विमानस्थलमा देखाएको हर्कतलाई कसैले पनि भुल्न सक्ने छैनन् ।

उनका समर्थक र नेताहरूले तराईका गाउँहरूमा खुलेआम ११ बुँदाले आफूहरूको जित भएको भन्दै नेपाल सरकार र स्वतन्त्र मधेसबीच वार्ता भएको भनेर प्रचार प्रसार गरिरहेका छन् ।

Published : Thursday, 2019 March 14, 9:32 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया