गाउँका कार्यकर्ताको स्वास्थ्य बुझ्न ओछ्यानमै पुगे रामचन्द्र पौडेल

गोरुसिङ्गे । कपिलवस्तुमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले क्यान्सरबाट रोगको उपचार गराइरहेका कांग्रेसका एकजना स्थानीय नेताको स्वास्थ्य अवस्थाको जानकारी लिएका छन् ।

पौडेलले बिहीबार नेपाली कांग्रेस कपिलवस्तुका महासमिति सदस्य शुभलाल भुसालको स्वास्थ्य अवस्थाको जानकारी लिएका हुन् ।

गोरुसिङ्गेस्थित भुसालको निवासमै पुगेर वरिष्ठ नेता पौडेल स्वास्थ्यका बारेमा जानकारी लिएका हुन् ।

सात महिना अगाडि खुट्टको उपचार गराउने क्रममा भुसाललाई क्यान्सर रोग देखिएको थियो । नेपालका साथै भारतका विभिन्न स्थानमा उपचार गराएका भुसालको खुट्टाको क्यान्सरको उपचार वीर अस्पतालमा सम्भव भएको आफन्तहरूले बताएका छन् ।

कांग्रेसका स्थानीय नेता भुसालको स्वास्थ्यबारे जानकारी लिन वरिष्ठ नेता पौडेलसँग केन्द्रीय सदस्य डा.रामशरण महत, नेपाल तरुण दलका महामन्त्री भुपेन्द्रजंग शाहीसहितका नेताहरू पुगेको नेपाली कांग्रेस कपिलवस्तुका सभापति सुरेश आचार्यले जानकारी दिए ।

यसैबीच, नेपाली कांग्रेसका वरिष्ठ नेता पौडेलले गोरुसिंगे र चार नम्बरमा पार्टीका नेता तथा कार्यकर्ताहरूसँग भेटघाट गरेका छन् । उनले कांग्रेसका स्थानीय नेता तथा कार्यकर्ताहरूको भावना बुझेका हुन् ।

Published : Thursday, 2019 March 14, 10:23 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया