ओली–प्रचण्ड द्वन्द्व निम्ताउने खेलमा लागे, देश कांग्रेसले बचाउनुपर्छः रमेश लेखक

अछाम । नेपाली कांग्रेसका नेता रमेश लेखकले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपामाथि प्रतिबन्ध लगाउने सरकारको निर्णय राजनीतिक निकास नभएको बताएका छन् ।

नेपाली कांग्रेस ढकारी गाउँपालिकाले बिहीबार आयोजना गरेको गाउँपालिकास्तरीय आमसभालाई सम्बोधन गर्दै लेखकले कम्युनिस्ट सरकारको उक्त निर्णयले राजीतिक निकास नदिने बताए । उनले सरकारको यो निर्णयले देशमा द्वन्द्व बढाउने बताएका छन् ।

नेता लेखकले सरकारले शान्तिपूर्ण वार्तामार्फत समस्याको समाधान खोज्नुपर्ने धारणा राखेका छन् ।

उनले सरकारलाई आफ्नो निर्णयमा पुनःविचार गर्नसमेत आग्रह गरेका छन् । ‘ओली–प्रचण्ड देशमा फेरि द्वन्द्व निम्ताउने षड्यन्त्रमा लागेका छन्’, लेखकले भने, ‘उनीहरूको हरेक गतिविधि जनविरोध छन् ।’

विप्लव समूहले पनि हत्या, हिंसा र आतंकको बाटोलाई परित्याग गरी शान्तिपूर्ण बाटो अपनाउनुपर्ने बताए ।

उनले शान्ति सुरक्षा कायम गर्न सरकार पूर्ण रुपमा असफल भएको आरोपसमेत लगाएका छन् ।

‘सरकार शान्ति सुरक्षाको प्रत्याभूति गराउनुको साटो बलात्कारी र अपराधीको संरक्षणमा लागेको छ’, उनले भने, ‘आठ महिनासम्म पनि निर्मलाको अपराधी पत्ता लाग्न नसक्नु सरकारले अपराधलाई बढावा दिनुको ज्वलन्त उदाहरण हो ।’

उनले देश टुक्र्याउँछु भनने सीके राउतसँग भएको ११ बुँदाको सहमति गम्भीर राष्ट्रघाति भएको बताएका छन् ।

Published : Friday, 2019 March 15, 11:12 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया