गाउँमा लोकप्रिय बन्दै कांग्रेस, रामचन्द्र–गगनले गरे गज्जबको कमाल

सिन्धुली । सिन्धुली जिल्लामा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)सहितका विभिन्न दल परित्याग गरी ६ सयभन्दा धेरै नेता तथा कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

दुई दिन अगाडि सिन्धुलीको मरिण गाउँपालिकास्थित कपिलाकोटमा भएको कार्यक्रममा उनीहरूलाई कांग्रेसमा प्रवेश गरेका हुन् ।

नेकपासहितका दल परित्याग गरेका उनीहरूलाई कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, युवा नेता गगन थापा, चन्द्र भण्डारीसहितका नेताहरूलो कांग्रेसमा भित्र्याएको कांग्रेस सिन्धुलीले जनाएको छ ।

कांग्रेसमा प्रवेश गरेका उनीहरूलाई वरिष्ठ नेता पौडेलले अबिर लगाइदिएर स्वागत गरेका थिए । युवा नेता थापाले खादा लगाइदिएर स्वागत गरेका हुन् ।

कांग्रेसमा प्रवेश गर्नेहरूमा अधिकांश माओवादीका पूर्वलडाकु, सशस्त्र द्वन्द्वमा प्रभावित परिवारका सदस्य, स्थानीय राजनीतिक क्षेत्रमा सम्बद्ध नागरिकहरू छन् ।

झण्डै दुई सय जनाको नेतृत्व गर्दै नेकपा परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेका माओवादीका पूर्वलडाकु हरिहरपुरगढी गाउँपालिका वडा नं. २ का तेजबहादुर घिमिरे बिकले जनतालाई धोका दिने कम्युनिस्ट पार्टीमा बस्नुको कुनै अर्थ नरहेपछि कांग्रेसमा प्रवेश गरेको बताए ।

राजनैतिक परिवर्तन र समृद्ध मुलुक निर्माणका लागि भनेर छानीछानी युवा जोश र शक्तिलाई तरबार, गोली र खुकुरीमा समाहित गर्ने कम्युनिस्ट नेपाली जनताको हित र संरक्षणका लागि घातक भएको नवप्रबेशी तेजबहादुर घिमिरे बिकले बताए ।

हरिहरपुरगढी – २ रतनपुरका विश्व राईले पनि सोही बृहत् भेलामा करीव १ सय १५ जनाको नेतृत्व गर्दै नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

Published : Monday, 2019 March 25, 1:41 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया