लज्जित हुनुपर्‍यो माधव नेपाल, जन्मियो होलीवाइन काण्ड

चितवन । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधव नेपालले आफूले होली वाइन नखाएको दाबी गरेका छन् ।

बराहक्षेत्र चताराधामका प्रमुख संरक्षक सिद्धमहायोगी श्री १००८ वैष्णव डा. कृष्णदास महाराजलाई नागरिक अभिनन्दनको कार्यक्रममा प्रमुख अतिथिको रुपमा सहभागी नेता नेपालले होलीवाइन खाएको भन्दै विरुद्ध नारावाजी भएको थियो ।

कार्यक्रममा सहभागीहरूले नेता नेपालकै अगाडि कार्यक्रममा होली वाइनको विषयलाई लिएर विरोध जनाएका थिए ।

त्यसपछि नेता नेपालले आफ्नो घरपरिवार धार्मिक परिवार भएको भन्दै घरमा मासुसमेत नचल्ने गरेको दाबी गरे । उनले रक्सी पनि कहिल्यै नखाएको बताए ।

सोमबार जिल्ला प्रहरी कार्यालय चितवनको अगाडि रहेको चौरमा आयोजना गरिएको कार्यक्रममा औपचारिक कार्यक्रम शुरु भए लगतै केही सहभागीले होली वाइन मुर्दावाद ! भन्दै नारा समेत लगाएका थिए ।

नारा लगाउनेहरूलाई सम्झाउन मञ्चमा रहेका केही अतिथिहरू समेत सहभागी समक्ष पुगेका थिए । केही समय विरोध गरेपछि कार्यक्रम अगाडि बढेको थियो ।

मन्तव्य दिने क्रममा नेता नेपालले आफना पिता पण्डित र महापण्डित समेत भएकाले घरमा मासु समेत नचल्ने गरेको बताए ।

कसैले हल्ला चलायो भनेर त्यसको पछि कुद्न नहुने उनले बताए । नेता नेपालले आफ्नो धर्म संस्कृति र संस्कारलाई त्यागेर विदेशीको पछि लागेर नेपाली हुँ भन्नेलाई धिकार्नुपर्ने बताए ।

धर्म र संस्कृतिले चेतना दिनुको साथै आत्मविश्वास समेत बढाउने उनले बताए ।

देशको धर्म संस्कृतिलाई कसैले तेजोवोध गरेर समाप्त गर्न नसक्ने बताउँदै नेपालले धर्म संस्कृति देशको पहिचान भएको बताए ।

Published : Monday, 2019 March 25, 9:43 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया