सत्ताको महायुद्धले पिल्सिएका जनता
प्रदीप सुनुवार, रामेछाप
वर्तमान परिस्थितिले विश्व हतास भएको छ । कुनै पनि देशले यसको वास्तविक समाधान निकाल्न सकेको छैन । विश्वका अति विकसित मुलुकहरू पनि समाधानको खोजीमा नै तल्लीन छन् । यसको उत्तर दिन असमर्थ भएका छन् । आजसम्मको मानव इतिहास नै यो महामारीले आजको विज्ञानलाई ठूलो चुनौती खडा गरिदिएको छ । विश्वभरिको अर्थतन्त्र लथालिङ्ग अवस्थामा पुगेको छ । ठूला पुँजीवाद राष्ट्रहरूको गर्जन पनि आजभोलि मलिम हुँदै गएको छ । नेपाल जस्तो मुलुक झन् कस्तो हालतमा छ ? त्यो हामी सबैले अनुभव गरिरहेका छौँ ।
नेपालमा पनि यो महामारी सुरुवात भएको करीव ५ महिना भैसकेको छ । हाम्रो देश जो हरेक कुरामा परनिर्भर छ । यो देशको लागि त झनै विकराल परिस्थिति हो । यसमा सरकार कति चिन्तित छ भन्ने कुरा उनीहरूको व्यवहारले स्पष्ट पारेको छ । सरकारले केही गरेको जस्तो गरिरहेको मात्र छ । जन तहमा जनताप्रति उत्तरदायित्व हुनुपर्ने थियो, त्यो भएको छैन । जनता आज रोगर भोकसित लड्नुको विकल्प छैन एकतर्फ सरकारमा रहेका नेताहरू सत्ताको खिचातानीमै मस्त देखिन्छन् ।
वर्तमान सरकार विगतलाई देखाएर आज असल बन्ने चेष्टा गर्दैछ । जनताले पाउनुभन्दा धेरै कुरा गएमाका छन् । यस क्रममा जनतासामु बाडिएका प्रजातन्त्र, समाजवाद, बहुदली जनवाद, साम्यवादको सपना यथार्थमा नै सपना बनेको छ ।
नेपाली जनताको स्तर जहाँ को त्यहिँ नै छ । मात्र नेताहरूको स्तरोन्नति भएको छ । के आज नेपाली जनताले प्रजातन्त्रको महसुस गर्न पाएका छन् ? जनताको हितमा केही कानून लेखिएका होलान् । तर, त्यो व्यवहारमा देखिएको छैन । यहाँको कानूनले कसको हितमा न्याय गर्छ भनेर धेरै घटनाले स्पष्ट पारेको छ भनि राख्नु पर्दैन । त्यो हामीले भोग्दै देख्दै आएको छौँ । चुनाव जित्नकै लागि जनतालाई सपनाको सागर देखाएर आफू सत्तामा पुगेपछि त्यो सपनाको सागरलाई मरुभूमिमा परिवर्तन गरिदिने अभिलाषा राजनीतिक दलमा हुँदो रहेछ ।
आज जनतालाई केही भौतिक विकासका काम देखाएर जनतालाई रनभुल्ल पार्न खोजिन्छ । केही चिल्लो सडक, विद्युत सेवा, पुल, गगन चुम्भी भवन के यही हो प्रजातन्त्र, समाजवाद, बहुदलीय जनवाद, साम्यवाद ? राजनीतिक दलहरूले शब्द वास्तविक अर्थ नबुझेको त हैन होला । हरेक युगले परिवर्तन गरेर नयाँ व्यवस्थामा सहज जीवन जिउने जनताको आशमा नै विततिसकेको छ । जनताको स्वास्थ्य, शिक्षा, रोजगारीको विषयलाई लिएर राज्य कतिको गम्भीर छ ?
जनता जनजीवनसित राज्यको सामिप्य कत्तिको छ भन्ने कुरा हामीले भोगिरहेका छौँ । विभिन्न वाद सिद्धान्तको जालोमा जनतालाई पोको पार्ने काम मात्रै भएको छ ।
आज विकासको नाममा जे ग¥यो भनेर भनिएको छ यो हिजोका निरंकुश भनिएको राजतन्त्रको भन्दा भिन्न छैन । जुन समयमा आफू सत्तामा नहुँदा संसदीय व्यवस्थाको घोर विरोध गर्दै यो व्यवस्था भनेको खसीको टाउको देखाएर कुकुरको मासु बेच्ने व्यवस्था हो भन्नेहरू आज उ आफै केको मासु बेचिरहेको छ ? यदि यहाँ हामी नेपाली जनता राज्यमा छौा र हाम्रो सरकार छ भने यसको अनुभूति जनतालाई दिलाउने कोसिस होस् । जनतालाई सहन शक्ति गुमाएपछि तिम्रो सत्ता फाल्न पनि जनता धेरै समय लाग्दैन । जनताले दिएको मतको कदर गर सरकार ।
आलोचना र विरोध मात्रै हैन व्यवहारमा पनि गरिदेखाउने होकि सरकार । अरु समयको भ्रष्टाचार त भयो यस्तो अवस्थामा पनि जनताको रगत पसिना चुस्न पछि परेन सर्वहारा वर्गको सरकार । बहुमतको तिम्रो सरकार छ कसले रोकेको छ जनताको हितमा काम गर्न ? आज नेपाली जनता वास्तविक जीवनभन्दा बढी उसलाई रामराज्यको चिन्ता बढी छ । सरकार यथार्थमा भन्दा धेरै कथामा बाच्ने र कथामा नै बचाउने कोसिस गरिरहेको छ । सरकारलाई जनताको भन्दा कुर्सीप्रति औधी मायाप्रेम छ । उ आफ्नो कुर्सी जोगाउनु हरेक अस्त्र प्रयोगमा जटिरहेको छ । जनताको कुन अवस्थबाट गुज्रिरहेको छ उसलाई के मतलब ? जनताले रेल, जहाज मागको थिएनन् । त्यो तिम्रो मन्त्र थियो । वास्तबमै जनता आज आफ्नो जीवन मागरिहेका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया