कोलेस्टेरोल कम गर्ने प्राकृतिक उपयहरू
डा.हेमराज कोइराला
डिसलिपिडिमिया अर्थात कोलोस्टेरोल र ट्राईग्लिस्राईड जस्ता रक्त चिल्लोको गडबडी हुने समस्या आज हरेक बयस्क व्याक्तिको समस्या जस्तै भइसकेको छ ।
हाम्रो रगतमा संयुक्त कोलेस्टेरोल, काईलोमाईक्रोन, एलडीएल कोलेस्टेरोल, भिएलडिएल कोलेस्टेरोल, र एचडीएल कोलेस्टेरोल, ट्राईग्लिसराईड नाम गरेका रक्त चिल्लोहरू पाइन्छन् ।
यी सबै रक्त चिल्लोको आ–आफ्नै स्वस्थ रक्तस्तर छ । यी चिल्लोहरूको रक्तस्तर स्वास्थ्यमा प्रतिकुल असर पर्नेगरि बढ्नु वा घट्नुलाई रक्तचिल्लोको गडबडी वा डीसलिपिडीमिया भनिन्छ ।
यसरी रक्त कोलेस्टेरोल बढ्दा स्वास्थ्यमा धेरै गडबडी देखा पर्दछन् । हृदयघात र मस्तिष्कघात जस्ता समस्याहरू देखा पर्दछन् । यसर्थ रक्त चिल्लोको गडबडीको आजको दिनमा नं. १ किलर रोग हृदयघात र मस्तिष्कघातको आधारभूत कारण हुन् ।
हृदयघात र मस्तिष्कघात जस्ता रोगहरूमाथि विजय पाउनका लागि रक्तचिल्लोको गडबडीलाई कम गर्न सक्नु पर्दछ । रक्त चिल्लोको गडबडी कम गर्नका लागि निम्ना प्राकृतिक उपायहरू अवलम्बन गर्न सकिन्छ ।
१. तौल कम गर्नुहोस् ।
२. नियमित रूपमा व्यायाम गर्ने गर्नुहोस् ।
३. आवधिक उपवास गर्नुहोस् ।
४. प्रसस्त फलफूल तथा तरकारीको सेवन गर्नुहोस् ।
५. तेल नहालिकन खानेकुरा खान सिक्नुहोस् ।
६. धूम्रपानको त्याग गर्नुहोस् ।
७. मद्यपानको त्याग गर्नुहोस् ।
८. चिनी र प्रशोधित कार्बोहाईड्रेट्स नखाने ।
९. ट्रान्स फ्याट र हाईड्रोजेनेटेड फ्याटको त्याग गर्ने ।
१०. प्रशस्त खाद्य रेशा र चोकरयुक्त खानेकुराहरूको सेवन गर्नुहोस् ।
११. आमेगा–३ फ्याट्टी एसिडको सेवन गर्ने ।
१२. लसुनको सेवन गर्ने ।
१३. तेल भएका गेडागुडीको सेवनबाट शरीरलाई चाहिने चिल्लोको पूर्ति गर्ने गरौँ ।
१४. आर्टिचोक खानुहोस् ।
१५. मेथीको सेवन गर्नुहोस् ।
१६. गुग्गुलिपिडको सेवन गर्नुहोस् ।
१७. अदुवाको सेवन गर्नुहोस् ।
१८. भिटामिनहरूको सेवन गर्नुहोस् ।
१९. मिनिरलहरूको सेवन गर्नुहोस् ।
२०. चाईनीज जडीबुटीको सेवन गर्नुहोस् ।
२१. धानको भुसको तेलको सेवन गर्नुहोस् ।
२२. तनाव व्यावस्थापन गर्नुहोस् ।
२३. प्रसस्त पानी पिउनुहोस्
२४. उच्च मात्रामा खाद्यरेशा भएका खानेकुरा खानुहोस्
२५. जडीबुटीको प्रयोग गर्नुहोस्
(लेखक भरतपुर–१ वागीश्वरीमा रहेको योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालयको कार्यकारी निर्देशक हुन् ।)
फेसबुकबाट तपाईको प्रतिक्रिया