बीमाले काँचो काम गर्दा लज्जास्पद हार, दीपेन्द्रको शानदार जित, डाह गर्नेहरू जलेर भुतुक्कै

काठमाडौं । बीमा समितिले जनरल इन्स्योरेन्स कम्पनीका सञ्चालक दीपेन्द्र अग्रवालको निलम्बन फुकुवा गरेको छ । समितिले गत ३ वैशाखमा अग्रवाललाई निलम्बन गरेको थियो ।

नियमभन्दा धेरै रकम सेयर बजारमा लगानी गरेको भन्दै उनलाई निलम्बन गरेको थियो । समितिले कुनै अनुसन्धान र सर्त नै नराखी अग्रवालको सञ्चालक पद फुकुवा गरेको छ ।

अग्रवालको सञ्चालक पद फुकुवा गरेसँगै समितिले आलोकाँचो काम गरेको तथ्य बाहिर आएको छ । समितिले लज्जास्पद हार ब्यहोर्नु परेको चर्चा बजारमा छ ।

कम्पनीको लगानी उप–समिति संयोजकको हैसियतमा उनलाई निलम्बन गरिएकोमा समितिले फुकुवा गरिदिएको हो ।

समितिले अग्रवाललाई वैशाख २ गते स्पष्टीकरण माग गरेर ३ गते निलम्बन गरेपछि आलोचना भएको थियो ।

समितिले व्यक्ति विशेषलाई स्पष्टीकरण नै नसोधी हदैसम्मको सजाय गर्न खोजेको अन्य सञ्चालकहरुले आरोप लगाउँदै आएका थिए ।

अग्रवाल लामो समयदेखि विभिन्न क्षेत्रको सुधारका लागि संघर्ष गर्दै आइरहेका सफल व्यक्तित्व हुन् ।

उनी सेयर मार्केटको विकास तथा विस्तारका लागि विभिन्न चरणमा लडाइँ लड्दै आइरहेका छन् ।

जनरल इन्स्योरेन्स कम्पनीमा पनि उनले लगानीकर्ताका तथा सञ्चालकका रुपमा विभिन्न नीतिगत सुधारका निम्ति पहल गर्दै आएका छन् ।

आफ्नो खरो स्वभाव तथा कसैको अनावश्यक दबाबमा नझुक्ने बानीका कारण उनी जहिल्यै पनि विभिन्न निकायका निसानामा रहने गरेका छन् । पछिल्लो समय बीमा समितिले गरेको निलम्बन त्यसकै निरन्तरता थियो ।

बीमा समितिले केही व्यक्तिको दवाव र प्रभावमा झुटो आरोप लगाउँदै बिनाकुनै अनुसन्धान सञ्चालक अग्रवाललाई निलम्बन गरेको थियो ।

सञ्चालक अग्रवालले अझै धेरै चुनौतीहरूको सामना गर्न बाँकी रहेको बताउँदै ढिलै भए पनि सत्यको जित भएको बताए ।

‘बीमा समितिले कसैको दवाव र झुटो आरोपको प्रभावमा नपरी मलाई गरेको निलम्बन फुकुवा गरेकोमा धन्यावाद दिन चाहन्छु’, उनले भनेका छन् ।

Published : Thursday, 2021 June 24, 10:46 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया