वीरगञ्जमा हुण्डी कारोबारीहरू ३८ लाखसहित पक्राउ

कृष्णा यादव

वीरगञ्ज । पर्सा जिल्लाको माईस्थानबाट दुई जना हुण्डी कारोबारीलाई ३८ लाखभन्दा धेरै रुपियाँसहित पक्राउ गरेको छ ।

स्रोत नखुलेको ३८ लाख ५१ हजार १ सय रुपियाँसहित वीरगञ्ज महानगरपालिका–६ गहवामाई बस्ने ४७ वर्षीय कन्हैयाप्रसाद सोनार र बारा परवानीपुर गाउँपालिका–३ लिपनीमाल बस्ने १९ वर्षीय दीपककुमार सर्राफलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।

वीरगञ्ज महनगरपालिका–६ माईस्थानस्थित कन्हैयाप्रसादको केपी ज्वेलर्समा हुण्डी कारोबार हुँदैछ भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले ज्वेलर्समा तलासी गर्दा नगद फेला पारी पक्राउ गरेको थियो ।

प्रहरीले उनीहरूको साथबाट २ थान मोबाइल, ३ वटा बिल बिजक रसिद, २६ वटा खरिद बिक्री रेकर्ड फाईल, १६ थान विभिन्न बैंकका चेकहरू र बैंकमा बुझाएको ११ लाखको भौचर समेत फेला पारी बरामद गरेको छ ।

Published : Thursday, 2021 September 16, 11:10 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया