डीआईजी सिंहको कमाण्डमा प्रहरीलाई ११ वर्ष पुरानो हाइप्रोफाइल काण्डमा ‘सक्सेस’
![](https://i0.wp.com/www.republicadainik.com/wp-content/uploads/2021/09/Dhirajpratap-Singh-DIG.jpg?resize=800%2C510&ssl=1)
काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसनधान ब्यूरो (सीआईबी)ले डा.भक्तमान श्रेष्ठको अपहरणमा संलग्न ४५ वर्षीय राजेन्द्रकुमार पण्डितलाई पक्राउ गरेको छ ।
वीपी कोइराला क्यान्सर अस्पताल भरतपुरका कार्यकारी निर्देशक डा.श्रेष्ठको अपहरणमा संलग्न फरार प्रतिवादी नुवाकोट जिल्लाको बिदुर नगरपालिका–१२ मुलाबारीका राजेन्द्र पण्डित उर्फ ‘पण्डित’लाई पक्राउ गरिएको सीआईबीका प्रमुख डीआईजी धिरजप्रताप सिंहले जानकारी दिएका छन् ।
पण्डितलाई सीआईबीले घटनाको ११ वर्षपछि मंगलबार पक्राउ गरेको छ । पण्डित पक्राउ परेपछि अपराध गरेर भागे पनि एकदिन अपराधी पक्राउ पर्छ भन्ने सन्देश सर्वसाधारणसम्म पुगेको छ ।
डा.श्रेष्ठलाई २०६७ जेठ ४ गते चितवन भरतपुर महानगरपालिका–१० हाकिमचोकस्थित सडकबाट १२÷१५ जनाको अज्ञात समूहले अपहरण गरेको थियो ।
डा.श्रेष्ठलाई १९ दिनसम्म बन्धक बनाई राखेर १ करोड १० लाख रुपियाँ मूल्य बराबरको ३ किलो सुन लिएपछि पण्डितको समूहले २०६७ जेठ २२ गते अपहरणमुक्त गरेको थियो ।
डा.श्रेष्ठलाई अपहरणमुक्त गरेपछि पण्डित फरार भएका थिए । पण्डितलाई भारतको विभिन्न स्थानहरूमा लुकीछिपी बस्दै आएका थिए ।
भारतबाट नेपाल आएको भन्ने सूचनाका आधारमा सीआईबीको प्रहरी टोलीले पण्डितलाई घर ठेगानाबाट पक्राउ गरेको डीआईजी सिंहले जानकारी दिएका छन् । पण्डितलाई पक्रउ गरेपछि सीआईबीले अदालतमा पेश गरेको छ ।
![](https://i0.wp.com/www.republicadainik.com/wp-content/uploads/2021/09/Rajendra-Kumar-Pandit.jpg?resize=810%2C633&ssl=1)
पण्डितविरुद्ध पुनरावेदन अदालत हेटौंडाबाट २०७० माघ २१ गते अपहरण तथा शरीर बन्धक मुद्दामा ९ वर्ष कैद र ५० हजार रुपियाँ जरिवाना ठहर भएको थियो ।
पण्डितलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौं पठाइएको डीआईजी सिंहले जानकारी दिएका छन् ।
डीआईजी सिंह सीआईबीको प्रमुख बनेर आएपछि लामो समयदेखि सुल्झिन नसकेका घटनाहरू धमाधम सल्टिन थालेका छन् । सिंहले पुराना फाइलहरू ओपन गरेर अपराधमा संलग्नहरूलाई धमाधम पक्राउ गरेर कार्यान्वयनमा पठाएका छन् ।
बिचार/ब्लग
![](https://i0.wp.com/www.republicadainik.com/wp-content/uploads/2024/08/Sherbahadur-Deuba-5.jpg?resize=200%2C200&ssl=1)
सरकार ढल्छ भन्ने हल्ला चलेका बेला कांग्रेसको ९ निर्णय सार्वजनिक
श्यामकुमार घिमिरे, प्रमुख सचेतक, कांग्रेस![](https://i0.wp.com/www.republicadainik.com/wp-content/uploads/2025/01/Rabi-Mukul.jpg?resize=200%2C200&ssl=1)
फेसबुकबाट तपाईको प्रतिक्रिया