३०६ नं. कोठामा काण्ड गर्ने ‘च्याङ्वा’ दश वर्षपछि पक्राउ
![](https://i0.wp.com/www.republicadainik.com/wp-content/uploads/2021/09/Sagar-Tamang.jpg?resize=810%2C510&ssl=1)
काठमाडौं, ८ असोज । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले जवरजस्ती करणी मुद्दाका फरार प्रतिवादी भक्तपुर सल्लाघारी बस्ने सिन्धुपालचोक गाविस–३ घर भएका ३८ वर्षीय च्याङ्गवा भन्ने सागर तामाङलाई पक्राउ गरेको छ ।
जिल्ला अदालत काठमाडौंको २०७१ वैशाख ५ गतेको फैसलाले ९ वर्ष कैद र पीडितले प्रतिवादीबाट नगद १० लाख रुपियाँ क्षतिपूर्ति पाउने सजाय ठहर भई फरार रहेका उनलाई ब्यूरोको कार्यालय महाराजगंजबाट खटिएको टोलीले भक्तपुरको सल्लाघारी चोकबाट पक्राउ गरेको सीआईबीका प्रमुख एवम् डीआईजी धिरजप्रताप सिंहले जानकारी दिएका छन् ।
१५ वर्षीया बालिकालाई फोनबाट सम्पर्क गरी काठमाडौंमा राम्रो काम लगाईदिन्छु भन्दै ललाई फकाई प्रलोभन पारी दोलालघाटबाट सँगै लिएर आई कोटेश्वरस्थित शुभलक्ष्मी गेष्ट हाउसको ३०६ नम्बरको कोठामा डर त्रास देखाई २०६८ कात्तिक २० गते जवरजस्ती करणी गरी फरार रहेको घटनामा अदालतले उक्त फैसला गरेको थियो ।
उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काठमाडौं पठाइएको उक्त व्यूरोले जनाएको छ । तामाङलाई अदालतले पीडितलाई दश लाख क्षतिपूर्ति दिन पनि आदेश दिएको छ ।
बिचार/ब्लग
![](https://i0.wp.com/www.republicadainik.com/wp-content/uploads/2024/08/Sherbahadur-Deuba-5.jpg?resize=200%2C200&ssl=1)
सरकार ढल्छ भन्ने हल्ला चलेका बेला कांग्रेसको ९ निर्णय सार्वजनिक
श्यामकुमार घिमिरे, प्रमुख सचेतक, कांग्रेस![](https://i0.wp.com/www.republicadainik.com/wp-content/uploads/2025/01/Rabi-Mukul.jpg?resize=200%2C200&ssl=1)
फेसबुकबाट तपाईको प्रतिक्रिया