नेटवर्किङको धन्दावाल दुई युवक काठमाडौंमा पक्राउ
![](https://i0.wp.com/www.republicadainik.com/wp-content/uploads/2021/10/Gautam-Mahate.jpg?resize=810%2C484&ssl=1)
काठमाडौं । महानगरीय अपराध महाशाखाले नेटवर्किङ व्यवसायको नाममा अनलाइनाट ठगी गर्ने दुई जना युवालाई पक्राउ गरेको छ ।
काठमाडौंमा बिहीबार पक्राउ पर्नेमा २७ वर्षीय नवराज गौतम र २५ वर्षीय विनोद महते रहेका छन् । महते र गौतम नेटवर्किङ व्यवसायको मार्केटिङ क्याप्टेनको पदमा थिए ।
गौतम सिन्धुपाल्चोक जिल्लाको धुलिखेल नगरपालिका– ९ स्थायी घर भई हाल काठमाडौंको चाबहिल बस्दै आएका थिए । महते रामेछाप जिल्लाको खाडादेवी गाउँपालिका– ७ खरिढुंगा स्थायी घर भई हाल काठमाडौंको बौद्धमा बस्दै आएका थिए ।
गौतम र महतेको समूहले ईजाजत विनाको भारतको सिलिगुढीमा रहेको ईम्पोरियम मार्केटिङ प्रालिसँग सम्पर्क राखेर बस्तुहरू पिरामिड शैलीको सदस्य बनाएर शुल्क लिने गरेको प्रहरी अनुसन्धानमा खुलेको छ ।
गौतम र महतेको समूहले व्यक्तिहरूलाई प्रलोभनमा पारेर हानीनोक्सानी गरेको भन्दै उजुरी परेपछि प्रहरीले बिहीबार उनीहरूलाई पक्राउ गरेर कारबाहीका लागि शुक्रबार वाणिज्य तथा आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागमा बुझाएको विज्ञप्तिमा उल्लेख छ ।
गौतम र महतेको समूहले नेटवर्किङ व्यवसायमा आकर्षक रोजगारी पाइने, लाईफ बन्छ भन्ने, सदस्यहरू बढाउनुपर्ने, घरमै बसेर पैसा कमाउने, कम्पनीले उत्पादन गरेका ल्यापटप, लत्ता कपडा, औषधि, घरायसी सामग्री सस्तो मूल्यमा पाइन्छ भनेर ठगी गरेको प्रहरीले जनाएको छ ।
जुम क्लासका नाममा महतेले आईएमई र बैंकमार्फत २ लाख २० हजार ठगी गरेको प्रहरीले जनाएको छ । नेपालमा नेटवर्किङ व्यवसाय प्रतिबन्ध छ । यो व्यवसायबाट हजारौँ व्यक्ति ठगिएका छन् । धेरै ठगहरू जेलमा सडेका छन् ।
बिचार/ब्लग
![](https://i0.wp.com/www.republicadainik.com/wp-content/uploads/2024/08/Sherbahadur-Deuba-5.jpg?resize=200%2C200&ssl=1)
सरकार ढल्छ भन्ने हल्ला चलेका बेला कांग्रेसको ९ निर्णय सार्वजनिक
श्यामकुमार घिमिरे, प्रमुख सचेतक, कांग्रेस![](https://i0.wp.com/www.republicadainik.com/wp-content/uploads/2025/01/Rabi-Mukul.jpg?resize=200%2C200&ssl=1)
फेसबुकबाट तपाईको प्रतिक्रिया