जहाजको नोजलमा बसेका मान्छे जीवित फेला

पेरिस । दक्षिण अफ्रिकाबाट उडेको मालवाहक जहाजको नोज ह्विलमा मुनि लुकेर बसेका व्यक्तिलाई डच प्रहरीले पक्राउ गरेको छ ।
एम्स्टर्ड्यामस्थित स्किपोल विमानस्थलमा प्रहरीले पक्राउ गरेको हो । जोहेनस्वर्गबाट उडेको जहाजमा केन्याको नाइरोबीमा रोकिएको अनुमान गरिएको छ ।
पाङ्ग्रामा लुकेका व्यक्ति केन्या वा दक्षिण अफ्रिकामध्ये एक देशका नागरिक हुन सक्ने अनुमान गरिएको छ । पक्राउपछि उनलाई अस्पताल लगिएको थियो ।
जहाजमा जोहेनस्वर्गबाट एम्स्टर्ड्याम पुग्न ११ घण्टा लाग्छ । त्यति लामो समय यात्रा गर्दा पनि उनी जीवितै फेला पर्नुलाई दुर्लभ घटना मानिएको छ ।
अत्यधिक हावा र अक्सिजनको अभावमा पाङ्ग्रामा झुन्डिएर यात्रा गर्ने मानिसको मृत्यु हुने गर्छ । एजेन्सी
Published : Monday, 2022 January 24, 9:33 pm
बिचार/ब्लग

केपी ओलीभन्दा गिरिजाप्रसाद हठी, कानून उल्लंघन गर्नुभएन
किशोर श्रेष्ठ
नेपाल यिनीहरूले तर्क गरे जस्तो खराब छैन
दिलनिशानी मगर
कांग्रेसको कार्यसम्पादन समितिको निर्णयहरू
शेरबहादुर देउवा
फेसबुकबाट तपाईको प्रतिक्रिया