आईटिएफ तेन्वान्दो प्रतियोगितामा स्याङजा र सैनिक दोजाङ च्याम्पियन

पोखरा । पोखरा रंगशालामा सम्पन्न भएको तेस्रो प्रदेशस्तरीय तथा पहिलो कास्की जिल्लास्तरीय आईटिएफ तेक्वान्दो प्रतियोगितामा स्याङजा र सैनिक आईटिएफ दोजाङ च्याम्पियन बनेका छन् ।

प्रदेशस्तरीय प्रतिस्पर्धामा स्याङजाले १० स्वर्ण, ४ रजत र ४ काश्य गरी १८ पदकसहित च्याम्पियन बनेको हो ।

१३ पदकसहित बागलुङ दोस्रो बनेको छ । बागलुङले ६ स्वर्ण,३ रजत र ४ काश्य प्राप्त गरेको छ । १९ पदकसहित नवलपुर तेस्रो बनेको छ । नवलपुरले ५ स्वर्ण, ८ रजत र ६ काश्य हात पारेको छ ।

प्रदेश उत्कृष्ठ पुरुष खेलाडीमा स्याङजाका मनीष रेश्मीमगर घोषित भएका छन् । उनले स्पाईरिङ र प्याट्रन दुबै प्रतिस्पर्धामा स्वर्ण हातपारी उत्कृष्ट घोषित भएका हुन् ।

महिलातर्फ तनहुँका मोनिका कुवँर उत्कृष्ट खेलाडी घोषित भएका छन् । उनले एक स्वर्ण र एक कास्य गरि उत्कृष्ट महिला खेलाडी घोषित भएका हुन् ।

पहिलो कास्की जिल्लास्तरीय प्रतियोगितातर्फ सैनिक आईटिएफ तेक्वान्दो दोजाङ च्यापम्पियन बनेको छ । सैनिक आईटिएफले ११ स्वर्ण, ५ रजत र ४ काश्य प्राप्त गरी टिम च्याम्पियन बनेको छ ।

१० स्वर्ण, ७ रजत र ५ काश्य सहित अञ्जुली आईटिएफ दोजाङ दोस्रो बनेको छ । जिल्ला प्रतियोगितामा सैनिक आईटिएफ तेक्वान्दो दोजाङका जेनिशा गुरुङ उत्कृष्ठ खेलाडी घोषित भएका छन् । पुरुष उत्कृट खेलाडीमा बाराही आईटिएफ दोजाङका सन्देश खत्री घोषित भए ।

प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना तथा गण्डकी प्रदेश आईटिएफ तेक्वान्दो संघको सह–आयोजनामा उक्त प्रतियोगिता शनिबार र आइतबार गरि दुई दिन सञ्चालन गरिएको थियो ।

प्रतियोगितामा ७ जिल्ला कास्की, बागलुङ, पर्वत, म्याग्दी, नवलपुर, स्याङजा र तनहुँका महिला तथा पुरुष खेलाडी करिब ३ सय भन्दावढी खेलाडीहरूको सहभागिता रहेको थियो ।

प्रतियोगितामा २८ स्वर्ण, २८ रजत र ३२ काश्य पदकका लागि प्रतिस्पर्धा भएको नेपाल आईटिएफ तेक्वान्दो संघ गण्डकीका अध्यक्ष घमबहादुर थापाले बताएका छन् ।

गण्डकी उपाध्यक्ष तथा रेफ्री अफिसियल संयोजक आकाशचन्द्र घर्ती मगरका अनुसार प्रतियोगितामा एकल काता स्पाइरिङ, तथा एकल प्याट्रनमा प्रतिस्पर्धा भएको थियो ।

स्पाइरिङतर्फ ४५ देखि ८५ केजी तौलसम्म तथा महिलातर्फ ४० देखि ७० केजीसम्म प्रतिस्पर्धा भएको थियो । एकल प्यार्टनतर्फ ग्रिन बेल्टदेखि ब्ल्याक बेल्ट तेस्रो डानसम्मका खेलाडीहरू प्रतिस्पर्धामा उत्रिएका थिए ।

प्रतियोगिताको उद्घाटन शनिबार संघीय सरकारका युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्वुले गरेका थिए । नेपालमा खेलकुदको विकास, विस्तार, संरक्षण गर्नुका साथै प्रतिभावान खेलाडीहरूको पहिचान तथा प्रोत्साहन गर्ने, खेलाडीहरूमा स्तरीयताको थप अभिवृद्दि गर्नका लागि यी र यस्ता प्रतियोगिताहरूले महत्वपूर्ण भूमिका खेल्ने अध्यक्ष थापाले बताएका छन् ।

Published : Monday, 2023 June 19, 10:47 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया