राजदेवी मन्दिरमा चोरी गर्ने मो.नसिव पक्राउ

काठमाडौं । रमदैयास्थित राजदेवी मन्दिरमा चोरी गर्ने २३ वर्षीय मो.नसिवलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रमुख (एसपी) विश्वराज खड्काले पक्राउ परेका मो.नसिव धनुषाको क्षिरेश्वरनाथ नगरपालिका वडा नं. ६ कुचाई टोल बस्ने रहेको जनाएका छन् ।

मो.नसिवलाई प्रहरीले निरन्तरको अनुसन्धान पश्चात पक्राउ गरेको एसपी खड्काले बताएका छन् ।

मंगलबार क्षिरेश्वरनाथ नगरपालिका वडा नं. १ रम्दैयास्थितमा ईलाका प्रहरी कार्यालय महेन्द्रनगर धनुषाको टोलीले मो.नसिवलाई पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।

अदालतमा मुद्दा चलिरहेका बेला मो.नसिव फरार भएका थिए । राजदेवी मन्दिरका पुजारी धिरज यादवले मन्दिरबाट मूर्ति चोरी भएको जाहेरी दिएका थिए ।

मो.सरिफसमेत रहेको मिति २०७९/११/१४ गते राति १० बजेको समयमा क्षिरेश्वरनाथ नगरपालिका वडा नं.१ रम्दैयास्थित राजदेवी माताको मन्दिरको चोरी भएको थियो ।

चोरीमा संलग्न, डाँका, हातहतियार खरखजाना तथा संगठित अपराध मुद्दामा आदालतमा चलिरहेको मुद्धामा फरार रहेका मो.नसिवलाई पक्राउ गरिएको थियो ।

Published : Tuesday, 2023 July 18, 10:03 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया