काठमाडौंबाट दुई जना मानिसहरू पक्राउ
काठमाडौं । काठमाडौंमा नक्कली मुद्रा र नक्कली सुनसहित दुई जना मानिसलाई जिल्ला प्रहरी परिसर, टेकु, काठमाडौंले पक्राउ गरेको छ ।
असार ३० काठमाडौं महानगरपालिका वडा नं. ३ बसुन्धारास्थित वडा एरियाअन्तर्गत विभिन्न स्थानमा नक्कली मुद्रा तथा सुनको अवैध कारोबार हुन्छ भन्ने गोप्य सूचनाका आधारमा प्रहरी परिचालन भएको काठमाडौं प्रहरीका प्रहरी प्रमुख (एसएसपी) दानबहादुर कार्कीले बताएका छन् ।
प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरी अधिकृतसहितको टोलीले बसुन्धाराबाट नक्कली नेपाली र भारतीय मुद्रा फेला पारेको एसएसपी कार्कीले बताएका छन् ।
नागार्जुन नगरपालिका वडा नं. २ सानोभर्याङस्थितमा रहेको दुर्गाबहादुर खत्री क्षेत्रीको कोठा खानतलासी गर्दा नक्कली सुनसहितका सामान फेला परेको कार्कीले बताएका छन् ।
मुद्रा सम्बन्धी कसूर मुद्दामा काठमाडौं जिल्ला अदालतबाट ४ दिनको म्याद थप अनुमति लिई प्रहरी वृत्त महाराजगंजबाट थप अनुसन्धान भइरहेको छ ।
पक्राउ पर्नेमा गोरखाको आरुघाट गाउँपालिका वडा नं. १० घर भएका वर्ष ४८ को दुर्गाबहादुर खत्री क्षेत्री र भारतको लखनउ स्थायी घर भई हाल काठमाडौं महानगरपालिका वडा नं.१० बस्ने वर्ष ४५ को विनयकुमार सिंह रहेका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया