पत्रकारले एक लाख मागेको भनेर फेसबुकमा लेखेपछि भुसाल पक्राउ
काठमाडौं । सामाजिक संजाल फेसबुकमा अपमानजनक अभिव्यक्ति लेखेको अभियोगमा प्रहरीले खडानन्द भुसाललाई पक्राउ गरेको छ ।
अर्घाखाँचीको सन्धिखर्क नगरपालिका –२ बस्ने भुसाललाई प्रहरीले पक्राउ गरी सामाजिक अपराध तथा नैतिकताविरुद्धको कसूरमा मुद्धा चलाएर थुनामा राखेको छ ।
जग्गा किनबेचको नाममा वाणगंगाकी राधिका भण्डारीलाई ठगी गरेको विषयलाई लिएर विवाद भएको थियो ।
पत्रकार गणेश पोख्रेलले १ लाख रुपियाँ मागेको भन्दै भुसालले फेसबुकमा लेखेका थिए । पत्रकार पोखरेलले प्रहरीमा उजुरी दिएपछि सोही उजुरीका आधारमा भुसाललाई पक्राउ गरिएको छ ।
पत्रकार पोखरेलको जाहेरीको आधारमा प्रहरीले भुसाललाई रुपन्देहीको सैनामैनामा रहेको एक होटलबाट पक्राउ गरेको इलाका प्रहरी कार्याल पिपराका प्रहरी निरीक्षक गोपाल रायमाझीले बताएका छन् ।
पक्राउ परेका भुषाललाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय तौलिहवा पठाइएको प्रहरी निरीक्षक रायमाझीले बताएका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया