क्रिप्टो करेन्सी कारोबारमा सिन्धुपाल्चोकका कार्की पक्राउ

काठमाडौं । प्रहरीले क्रिप्टो करेन्सी कारोबार गरेको आरोपमा २७ वर्षीय पुरुषोत्तम कार्कीलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोकको बलेफी घर भएका कार्की हुन् । बूढानकिलण्ठ नगरपालिकास्थित पासिकोट बस्दै आएका कार्कीलाई काठमाडौंबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

आरोपित कार्कीले क्रिप्टोमार्फत लाखौंको कारोबार गरेको भेटिएको छ ।

क्रिप्टो करेन्सीमार्फत आर्थिक कारोबार गर्दा नोटको कारोबार हुँदैन । कारोबार गर्ने व्यक्तिको आईडीमा खाता हुन्छ ।

खातालाई ब्लकचेन भनिन्छ । सो ब्लकचेमा भएको डिपोजिटलाई भुक्तानीको रुपमा कारोबारीले बेच्छन् ।

Published : Monday, 2023 September 4, 10:41 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया