भालुबाङमा सात वर्षीया बालिका बलात्कार, युवक पक्राउ

काठमाडौं । दाङ जिल्लाको देउखुरीमा ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

राप्ती गाउँपालिका–१ माथिल्लो भालुवाङ बस्ने १६ वर्षीय किशोरलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

किशोरले ती बालिकालाई शुक्रबार दिउँसो जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय भालुवाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको विज्ञप्तिमा उल्लेख ।

दुवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

उताm झापामा १७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा अर्जुनधारा नगरपालिका–४ टाङटिङ बस्ने २३ वर्षीय विवेक अधिकारीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

विवेकले ती बालिकालाई सोही ठाउँस्थित टाङटिङ खोलाको डिल नर्सरी घारीमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

Published : Friday, 2023 September 8, 7:09 am

फेसबुकबाट तपाईको प्रतिक्रिया