हुनमानढोकामा हत्या भएका ओखलढुंगाका कार्कीका युवतीसहितका दोषीहरू पक्राउ
काठमाडौं । काठमाडौंको हनुमानढोका परिसरमा धारिलो हतियार प्रयोग गरी हत्या गरेको अभियोगमा प्रहरीले दुई जना युवती र दुई जना युवकसहित चार जनालाई पक्राउ गरेको छ ।
सोमबार राति करीव सवा दश बजे राति काठमाडौं महानगरपालिकाको वडा नम्बर २४ हनुमानढोका परिसर अगाडि १७ वर्षीय सनि कार्कीको हत्या भएको थियो । कार्कीको स्थायी घर ओखलढुङ्गाको लिखु गाउँपालिका वडा नम्बर ४ मा पर्छ । कार्की हाल काठमाडौंको वडा नम्बर १७ क्षेत्रपाटीमा बस्दै आएका थिए ।
चार जनाको समूहले कार्कीलाई धारिलो हतियार प्रहार गरी गम्भीर घाइते बनाएर फरार भएको थियो । कार्कीको उपचारका क्रममा मनोमहन कार्डियो अस्पताल, महाराजगंजमा मृत्यु भएको प्रहरीद्वारा मंगलबार जारी विज्ञप्तिमा उल्लेख छ ।
घटनाको अनुसन्धानको क्रममा घटनास्थलबाट भाग्न लागेको अवस्थामा सन्देश खड्गी र सोनिया श्रेष्ठ खड्गीलाई सोमबार राति काठमाडौं महानगरपालिकाको वडा नम्बर २४ मखनबाट पक्राउ गरिएको छ ।
भूमि मल्ल र अरबिन ठकुरीलाई मंगलबार बिहान पक्राउ गरिएको छ । भूमि मल्ललाई काठमाडौं महानगरपालिका वडा नम्बर १७ क्षेत्रपाटीबाट र अरबिन ठकुरीलाई ललितपुर महानगरपालिकाको वडा नम्बर १६ स्थितबाट घटनामा प्रयोग भएको चक्कुसहित पक्राउ गरिएको छ ।
काठमाडौं जिल्ला अदालतबाट सन्देश खड्गी र सोनिया श्रेष्ठ खड्गीको हकमा सोमबारदेखि लागू हुने गरी पहिलो पटक ६ दिन म्याद थप भएको छ ।
भूमि मल्ल र अरबिन ठकुरीको हकमा मंगलबारदेखि लागू हुने गरी पहिलो पटक ५ दिनको म्याद थप अनुमति लिई प्रहरी बृत्त जनसेवाबाट थप अनुसन्धान भइरहेको छ ।
२० वर्षीया सोनिया श्रेष्ठ खड्गी काठमाडौं– १९ घर भइ हाल ललितपुरको लुकुसी बस्दै आएकी छिन् । २२ वर्षीय सन्देश खड्गी ललितपुर महानगरपालिका वडा नम्बर १९ एकान्तकुना बस्दै आएका छन् ।
१९ वर्षीया भूमि मल्ल मकवानपुरको हेटौँडा उप–महानगरपालिका वडा नम्बर २ घर भई हाल काठमाडौं– २४ मा बस्दै आएकी थिइन् ।
१९ वर्षीय अरबिन ठकुरी ललितपुरको गोदावरी नगरपालिका वडा नम्बर ५ घर भई हाल ललितपुर महानगरपालिका नागाबाहल बस्दै आएका थिए ।
प्रहरीले कार्कीको हत्यामा प्रहार भएको चक्कु पनि बरामद गरेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया