बानेश्वर प्रहरीद्वारा गोकुललाई पक्राउ

काठमाडौं । प्रहरीले बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी ५१ वर्षीय गोकुल थापालाई पक्राउ गरेको छ ।

भक्तपुर सूर्यविनायक नगरपालिका वडा नं. १ का थापालाई बानेश्वर प्रहरीले पक्राउ गरेको जनाएको छ । बैंकिङ कसूर मुद्दामा काठमाडौं जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेपछि थापा फरार रहेका थिए ।

थापालाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाएको छ । पीडित सकुन्तला थापाको जाहेरीका आधारमा प्रहरीले थापालाई पक्राउ गरेको जनाएको छ ।

Published : Wednesday, 2023 October 4, 12:21 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया