मास्कीद्वारा किशोरी बलात्कार
काठमाडौं । तनहुँ जिल्लामा किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले २६ वर्षीय कर्णबहादुर मास्कीलाई पक्राउ गरेको छ ।
११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा भानु नगरपालिका–९ बडहरे बस्ने आबुखैरेनी गाउँपालिका–६ सेप्राङ घर भएका मास्कीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ ।
मास्कीले भदौ २० गते दिउँसो ती बालिकालाई जबरजस्ती करणी गरेको उजुरी प्रहरीसमक्ष परेको छ ।
उजुरीको आधारमा प्रहरी चौकी पुर्कोटबाट खटिएको प्रहरीले मास्कीलाई पक्राउ गरेको प्रहरीले उल्लेख गरेको छ ।
Published : Wednesday, 2023 October 4, 1:56 pm
फेसबुकबाट तपाईको प्रतिक्रिया