झापा र सुनसरीमा जुवातास खेलिरहेका १० जनालाई पक्राउ
काठमाडौं । झापा र सुनसरी जिल्लामा जुवातास खेलिरहेको अवस्थामा १० जनालाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।
झापाको दमक नगरपालिका–६ बसपार्क लाईनस्थितमा टहरामा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका–७ बस्ने ३८ वर्षीय कुलबहादुर भुजेल समेत ४ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ ।
विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय दकमबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ९७ हजार रूपियाँ र १ बुक ताससहित पक्राउ गरेको छ ।
उता, सुनसरीको बराहक्षेत्र नगरपालका–२ सैनिक चोक बस्ने ४२ वर्षीय दीपेश भट्टराईको घरमा जुवातास खेलिरहेको अवस्थामा भट्टराई समेत ६ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको जनाएको छ ।
विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय चतरा र महेन्द्रनगरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख १७ हजार ५ सय रूपियाँ र ६ बुक ताससहित पक्राउ गरेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया