अब लुम्बिनी प्रदेशमा मापदण्ड पुगेका निजी अस्पताल दर्ता र नवीकरण हुन्छन् : मन्त्री खनाल

काठमाडौं । लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री राजु खनालले प्रदेशभित्रका निजी अस्पतालको दर्ता नवीकरणको काम छिटै शुरू हुने बताएका छन् ।

भारत सरकारको भू.पू. सैनिक योगदान स्वास्थ्य सेवा योजना अन्तर्गत बुटवलको एडमण्ड सिटी अस्पतालमा भारतीय सैनिक तथा भुतपूर्व भारतीय सैनिक र उनका परिवारको नि:शुल्क उपचार सेवाको उद्घाटन गर्दै मन्त्री खनालले स्वास्थ्यसम्बन्धी ऐन बनेर नियमावली बन्ने प्रकृयामा रहेको बताए ।

उनले नवीकरण गर्नुअघि सम्बन्धित अस्पतालको अनुगमन गरिने र मापदण्ड अनुसार रहेको छ वा छैन त्यसमो विशेष ध्यान दिइने बताए । अनुगमनका क्रममा मापदण्डअनुसार अस्पताल नरहेमा नवीकरण नगरिने बताए ।

स्वास्थ्यमन्त्री खनालले पछिल्लो समय सरकारी अस्पतालमा बिरामी बढ्ने तर, स्वास्थ्यकर्मी नपाइने समस्या देखिएको बताएका छन् ।

स्वास्थ्य मन्त्रालयले खोलेको कतिपय विज्ञापनमा कसैले पनि फाराम नभर्दा समस्या देखिएको बताएका छन् ।

स्वास्थ्यकर्मी नपाइने समस्या समाधानका लागि संघीय सरकारले स्वास्थ्य र शिक्षामा सहज बनाउनुपर्ने बताएका छन् ।

स्वास्थ्यमन्त्री खनालले भारतीय सैनिक र उनका परिवारको स्वास्थ्यका लागि भारतीय सरकारले गरेको कामका लागि धन्यवाद दिएका छन् ।

भारतीय सैनिक तथा भुतपूर्व भारतीय सैनिक र उनका परिवारको नि:शुल्क उपचार सेवाका लागि नेपालका लागि भारतीय दूतावास र बुटवलस्थित एडमण्ड सिटी अस्पतालबीच सम्झौता भएपछि सेवाको उद्घाटन गरिएको छ ।

Published : Monday, 2023 October 9, 8:39 am

फेसबुकबाट तपाईको प्रतिक्रिया