ललितपुरकी सनीषा मल्ल पक्राउ
काठमाडौं । प्रेमीहरूलाई ठगी गरेको भियोगमा प्रहरीले २९ वर्षीया सनीषा मल्ललाई पक्राउ गरेको छ ।
सामाजिक सञ्जालबाट पीडितलाई प्रेममा पारी लाखौँ रकम ठगी गर्ने महिलालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा ललितपुर महानगरपालिका–१९ बस्ने मल्ललाई पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।
मल्लले सामाजिक सञ्जाल फेसबुक, ह्वाट्सएप लगायतबाट पीडितहरूलाई आफू इटालीको नागरिक डा.राबेया हिकोल भन्ने विश्वास दिलाइ माया प्रेममा परेको भ्रममा पार्थिन् ।
त्यसपछि आईफोन, सुन तथा गरगहना, ५ हजार डलरको गिफ्ट पठाइदिन्छु भन्ने गर्थिन् ।
गिफ्ट पठाएपछि भने विभिन्न नम्बरका ह्वाट्स एप आईडीबाट च्याट र कल गरी डा. राबेयाले पठाएको गिफ्ट भारतको इन्दिरा गान्धी विमानस्थलमा आइपुगेको छ ।
पार्सल पाउनका लागि भन्सार शुल्क, डेलिभरी चार्जजस्ता प्रयोजनका लागि रकम तिर्नुपर्छ भनी पीडितलाई विश्वास दिलाउँथिन् ।
पीडितले विभिन्न व्यक्तिहरूको नाममा रहेको बैंक खाताहरूमा पटक–पटक जम्मा गर्ने गरेको प्रहरीले जनाएको छ ।
मल्लले हालसम्म १७ लाख १५ हजार रुपियाँ ठगी गरेको प्रहरीले जनाएको छ । मल्ललाई पक्राउ गरी ठगी सम्बन्धी कसुरमा आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया