ललितपुरको गोदावरी- ५ मा नाम चलेका जुवाडेहरू ठूलो रकमसहित पक्राउ
काठमाडौं । प्रहरीले ललितपुरबाट जुवा र कौडा खेल्ने व्यक्तिहरूलाई पक्राउ गरेको छ ।
कात्तिक ९ गते प्रहरी वृत्त चापागाउँको वडा एरियामा अवैध रूपमा जुवातास खेल्ने खेलाउने कार्य भइरहेको गोप्य सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरी टोलीले नवीन सिलवालको घरमा छापामारेको विज्ञप्तिमा उल्लेख छ ।
गोदावरी नगरपालिका वडा नं. ५ लेलेस्थित सिलवालको घरमा रितपूर्वक खानतलासी गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका जुवाडेहरू ठूला पेशेवर रहेको प्रहरी भनाइ छ ।
जुवातास खेलिरहेको अवस्थामा कौडा –१६ थान, तास–९ बुक, मोबाईल –१० थान तथा जुवा खालबाट नौ लाख दुई हजार रुपियाँ बरामद गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका सबैलाई ललितपुर जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी बिस्तृत अनुसन्धान भइरहेको छ ।
पक्राउ पर्नेमा गोदावरी नगरपालिका वडा नं. ५ लेले बस्ने वर्ष ३५ को सुरेन्द्र महत, वर्ष ३३ को नवीन सिलवाल, वर्ष ३० को श्रीकृष्ण थापा, वर्ष ३० को दीपेन्द्र थापा रहेका छन् ।
लेले निवासी वर्ष ३७ को कान्छा डंगोल, वर्ष ३५ को मनोज डंगोल, वर्ष ६४ को रामकाजी महत, वर्ष ४७ को माधव महत, वर्ष ३३ को आशिष लामा र वर्ष ४९ को श्याम थापा रहेका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया