सभापति देउवाले दिए ‘टिम नेपाल’लाई बधाइ

काठमाडौं । नेपाली क्रिकेट टिम आईसीसी ट्वान्टी–२० विश्वकप एसिया छनोटको सेमिफाइनलमा प्रवेश गर्न सफल भएकोमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले खुसी व्यक्त गरेका छन् ।

शुक्रबार सभापति देउवाले सामाजिक सञ्जालमार्फत नेपाली क्रिकेट टिमलाई बधाइ दिएका हुन् । उनले आईसीसी ट्वान्टी–२० विश्वकप एसिया छनोटको सेमिफाइनलमा यूएईमाथि नेपालले ऐतिहासिक जित हासिल गरेकोमा आफू निकै खुसी भएको जनाएका छन् ।

देउवाले क्रिकेट टिमले जित हासिल गरेर सम्पूर्ण नेपालीको शान बढाएको बताएका छन् । उनले ऐतिहासिक जितसँगै आगामी टि–२० विश्वकपमा नेपालले अझ दमदार रुपमा प्रस्तुत हुन शुभकामना दिएका छन् ।

सभापति देउवाले भने, ‘सम्पूर्ण खेलाडी, कोच, प्राविधिक टिमलाई हार्दिक बधाइ दिन चाहन्छु ।’

शुक्रबार कीर्तिपुरमा भएको प्रतिस्पर्धामा नेपालसँग यूएई ८ विकेटले पराजित भएको छ ।

ट्वान्टी–२० विश्वकप छनोट एसिया क्षेत्रको सेमिफाइनल खेल ८ विकेटले जित्दै अर्को वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने विश्वकपका लागि नेपाल छनोट भएको छ ।

Published : Friday, 2023 November 3, 10:16 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया