नेपाललाई आइसीसी ट्वान्टी–२० मा पराजित, ओमानलाई उपाधी

काठमाडौं । नेपाललाई हराउँदै आइसीसी ट्वान्टी–२० विश्वकप छनोटको उपाधि ओमानले जितेको छ ।

आइतबार कीर्तिपुरको घरेलु मैदानमा नेपाललाई सुपर ओभरमा हराउँदै ओमानले आइसीसी ट्वान्टी–२० विश्वकप छनोटको उपाधि जितेको हो ।

नेपालले दिएको विजयी लक्ष्य १८५ रन बनाउन नसकी १८४ रनमा ओमान समेटिएपछि खेलको निर्णय सुपर ओभरबाट गर्नु परेको थियो ।

सुपर ओभरमा ओमानले पहिला ब्याटिङ गर्दै कुनै विकेट नगुमाई २१ रन बनायो । नेपाले १ विकेटको नोक्सानीमा जम्मा १० रन मात्र बनाउन सक्यो ।

जितको लागि २२ रन पछ्याएको नेपाललाई पहिलो बल देखि नै रन बनाउनु पर्ने दवाब रह्यो ।

यसअघि जितको लागि १ सय ८५ रनको विशाल विजयी लक्ष्य पछ्याएको ओमानले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ८४ रन बनायो । त्यसपछि खेल सुपर ओभरमा पुगेको हो । नेपाललाई जितको लागि अन्तिम ६ बलमा ८ रन रोक्नु पर्ने थियो । अन्तिम ओभरमा सन्दीप लामिछाने बलिङमा आए ।

नियमित ओभरमा ओमानका लागि सबैभन्दा वढि कश्याप प्रजापतिले ५२ बलमा ३ चौका र ४ छक्कासहित ६३ रन बनाए ।

अकिब इल्यासले १९ बलमा २ चौका र ३ छक्कासहित ३३ रन बनाए । कप्तान जिशान मकसुदले १८ बलमा २ चौका र १ छक्कासहित २६ रन बनाए ।

नेपालका सन्दीप लामिछानेले ४ ओभरमा ३० रन खर्चेर २ विकेट लिए । करण केसीले २ ओभरमा ३० रन खर्चेर २ विकेट नै लिए । नेपालका सोमपाल कामीले ३ ओभरमा ३७ रन खर्चेर १ विकेट लिए । गुलशन झाले २ ओभरमा १६ रन खर्चेर १ विकेट लिए । अभिनाश बोहराले ४ ओभरमा ३० रन खर्चेर १ विकेट लिए ।

टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ८४ रन बनाएको थियो । नेपालका गुलशन झाले २५ बलमा ५ चौका र ४ छक्कासहित सबै भन्दा वढि ५४ रन बनाए। कप्तान रोहित पौडेल ३७ बलमा ५ चौका र २ छक्कासहित ५२ रनमा अविजित रहे। करण केसीले ६ बलमा १ चौका र २ छक्कासहित २० रन बनाए ।

ओमानका बिलाल खानले ४ ओभरमा २६ रन खर्चेर ३ विकेट लिए । जिशान मकसुदले ४ ओभरमा २७ रन खर्चेर १ विकेट लिए । अकिब इल्यासले ४ ओभरमा २२ रन खर्चेर २ विकेट लिए ।

नेपालले समूह चरणमा सिंगापुरलाई ८ विकेट र मलेसियालाई ६ विकेटले हराएको थियो । ओमानसँग भने नेपाल ५ रनले पराजित भएको थियो ।

नेपालले सेमिफाइनल खेलमा युएईलाई ८ विकेटले हराउँदै सन २०१४ पछि पहिलो पटक टि२० विश्वकपमा स्थान बनाएको छ।ओमानले समूह चरणमा सबै खेल जित्दै उपाधि हातसँगै टि२० विश्वकपमा स्थान बनाएको छ ।

सेमिफाइनलमा बहराइनलाई १० विकेटले हराउँदै विश्वकपमा स्थान बनाइ सकेका ओमानले यस अघि सन २०१६ र सन् २०२१ मा पनि विश्वकपमा स्थान बनाएको थियो ।

Published : Sunday, 2023 November 5, 6:31 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया