परराष्ट्रमन्त्री साउद र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता
काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउद र भारतीय विदेशमन्त्री एस.जयशंकरबीच भेटवार्ता भएको छ ।
शुक्रबार परराष्ट्रमन्त्री साउद र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता भएको हो । भेटवार्तामा दुई देशको आपसी हितको बारेमा कुराकानी भएको छ ।
रायसिन संवाद कार्यक्रममा भारतीय विदेशमन्त्री जयशंकरले मन्त्री सादलाई स्वागत गरेका छन् । जयशंकरले मन्त्री साउदले देखाएको सहभागिताको प्रशंसा समेत गरेका छन् ।
विदेशमन्त्री जयशंकरले आफूहरूको वार्ताले दुई देशबीचको सम्बन्ध सकारात्मक बनाउन पुन: पुष्टि गरेको बताएका छन् ।
Published : Friday, 2024 February 23, 11:19 pm
फेसबुकबाट तपाईको प्रतिक्रिया