नेपालीमूलकी स्नेहा अष्ट्रेलियामा प्रदेशसभा सदस्यमा प्रतिस्प्रधा गर्दै

सिड्नी । अष्ट्रेलियाको क्यापिटल ट्रेरिटोरी प्रान्तमा हुन गइरहेको प्रान्तीय चुनावमा नेपालकी चेली स्नेहालता केसीले उम्मेदवार बन्ने भएकी छिन् ।

उनी त्यहाँ हुने निर्वाचनमा प्रदेशसभा पदका लागि उम्मेदवार बन्न लागेकी हुन् ।

सानैदेखि वृद्धवृद्धाहरू र मानाव सेवामा रुचि राख्ने स्नेहालाई सभामा अन्य प्रतिस्पर्धीबीच ७ मिनेट भाषण गर्न दिइएको थियो । उनले आफ्नो अभिव्यक्तिमार्फत प्रतिस्पर्धीलाई आकर्षित गरेकी छिन् । स्नेहाले समसामयिक विषयमा दिएको अभिव्यक्तिले सबैको मन जितेको छ ।

भोटिङ चेक र प्रश्नउत्तोर पनि भएको थियो । जसबाट चुनावमा उम्मेदवार बन्न स्नेहा चुनिएकी हुन् ।

अष्ट्रेलिया क्यापिटल ट्रेटोरीमा विगत २८ वर्षदेखि लेबर नामक पार्टी सरकारमा छ । निरन्तर २८ वर्षसम्म एउटै पार्टीको सरकार भएपनि जनताका आवस्यकता अनुसारको काम नहुँदा जनतामा बितृष्णा छाउँदै गएपछि अहिले नयाँ राजनीति दल स्थापन हुने क्रममा छ ।

क्याम्बेरिया प्रान्तका जनता पनि पुराना राजनीति दलको विकल्पको रुपमा पुराना राजनीति दलप्रति छाउदै गएको बितृष्णा र निराशाले नयाँ दलप्रति चासो दिन थालेका छन् ।

विकल्पको रुपमा क्यापिटल ट्रेरोटोरीमा इन्डिपेन्डेन्स फर क्यान्बेरा नाम गरेको नयाँ राजनीति दल खोलिएको छ । सोही पार्टीबाट स्नेहा चुनावमा प्रतिस्पर्धा गर्न लागेकी छिन् । स्नेहा निर्वाचन क्षेत्रका मतदाताकै राय सल्लाहमा निर्वाचनमा प्रतिस्पर्धा गर्न लागेकी छिन् ।

स्नेहा नेपालबाट सन् २०११ मा अस्ट्रेलिया आएकी हुन् । उनी नेपालमा रहँदा रजिस्ट्रार्ड नर्स थिइन् । यतिमात्र होइन स्नेहा अभिनेत्री समेत हुन् । स्नेहाले विज्ञापन र म्युजिक भिडियोहरूमा समेत अभिनय गरेकी छिन् । स्नेहा हिमालय टेलिभिजनमा समेत आबद्ध भएर विगतमा काम गरिसकेकी छिन् ।

स्वास्थ्य अवस्था सुधारका लागि आफू निर्वाचनमा होमिएको स्नेहाले बताएकी छिन् । उनले भनिन्, ‘मलाई पहिला यहाँ आउँदा यो समाज व्यवस्थित लाग्थ्यो । काम गर्दै जाँदा यहाँ हरेक कुरामा अनियमितता हुने गरेको मैले देखे । म यहिँ ठाउँको बासिन्दा भैसकेपछि यो क्षेत्र सुधार गर्नु मेरो पनि दायित्व हो ।’

स्वास्थ्य संस्थामा हुने अनिमियताको सुधार आफ्नो पहिलो प्रथामिकता रहेको उनले बताएकी छिन् । स्वास्थ्य क्षेत्र सुधार गर्ने उदेश्यसहित निर्वाचनमा प्रतिस्पर्धा गर्न लागेको स्नेहाले बताएकी छिन् ।

‘म बिरामी भएर इमर्जेन्सीमा जाँदा रातभरि कुरेकी छु, यहाँ चिकित्सकको अभावका कारण बिरामीले सास्ती खेप्दै आएका छन्’, स्नेहाले भनिन्, ‘उपचारका लागि टाढा जानुपर्ने बाध्यता छ यो जटिल समस्या हटाउनुपर्छ भन्ने मेरो योजना हो ।’

अष्ट्रेलियामा ८ वटा प्रान्तहरू छन् । अष्ट्रेलियान क्यपिटल ट्रेटोरीम २५ जनाले सरकार बनाउने गरेका छन् । चुनावी प्रतिस्पर्धामा स्वतन्त्र उम्मेदवार बाहेक इन्डिपेन्डेन्स फोर क्याम्बेरिय, लेबर, लिबरल, ग्रिन्स जस्ता अन्य पार्टीहरू छन् । स्नेहा अष्ट्रेलिया अस्ट्रेलियान प्रान्तमा चुनावमा प्रतिस्पर्धा गर्ने पहिलो महिला पनि हुन् ।

Published : Thursday, 2024 May 30, 8:38 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया