मोलुङको बिर्खे जङ्गलमा सुजन लिम्बुद्वारा करणी

मोलुङ । ओखलढुङ्गामा १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

पाँचथरको फाल्गुनन्द गाउँपालिका–४ बस्ने १९ वर्षीय सुजन लिम्बुलाई बुधबार दिउँसो प्रहरीले जबरजस्ती करणीको अभियोगमा पक्राउ गरेको बिहीबार विज्ञप्तिमार्फत जनाएको छ ।

लिम्बुले ती किशोरीलाई ओखलढुङ्गाको मोलुङ गाउँपालिका–८ बर्खे भन्ने स्थानको जङ्गलमा मंगलबार साँझ जबरजस्ती करणी गरेको अभियोग लागेको छ ।

पीडित किशोरीको उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाबाट खटिएको प्रहरीले लिम्बुलाई पक्राउ गरेको छ ।

Published : Thursday, 2024 June 13, 3:07 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया