रुपन्देही र काठमाडौंमा प्रहरीको अप्रेशन, अनलाइन जुवा खेलाउने ६ जना पक्राउ

काठमाडौं । अनलाइन जुवा खलाउने व्यक्तिहरूलाई प्रहरीले काठमाडौं र रुपन्देहीका विभिन्न स्थानबाट पक्राउ गरेको छ ।

गोप्य सूचनाको आधारमा प्रहरीले ६ जनालाई पक्राउ गरेको जनाएको छ । वल्फ ७७७ अनलाइन क्यासिनो मार्फत व्यक्तिहरूलाई अनलाइन जुवा खेलाएको अभियोगमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआइबी)ले ६ जनालाई पक्राउ गरेको जनाएको छ ।

पक्राउ परेकाहरूले करीव २ महिनाको अवधिमा २४ करोड रकम शंकास्पद रुपमा कारोबार गरेका छन् ।

पक्राउ पर्नेमा रुपन्देहीको कट्टिमाई नगरपालिका वडा नं. ६ घर भइ हाल काठमाडौं महानगरपालिका वडा नं. २६ बस्ने २५ वर्षीय आकाश मिश्र रहेका छन् । मिश्रलाई प्रहरीले जेठ ३१ गते पक्राउ गरेको छ ।

रुपन्देहीको सिद्धार्थ नगरपालिका वडा नं. ६ स्थायी घर भएका २२ वर्षीय अभिषेक जैसवाललाई पनि प्रहरीले पक्राउ गरेको छ । जैसवाल पनि जेठ ३१ गते सिद्धार्थ नगर ५ बाट पक्राउ परेका छन् ।

रुपन्देहीको ओमसतिया गाउँपालिका १ घर भएका २५ वर्षीय तिनेश हरिजनलाई सिद्धार्थ नगर ५ बाट जेठ ३१ गते पक्राउ गरेको प्रहरीले जनाएको छ ।

रुपन्देहीकै बुटवल उपमहानगरपालिका वडा नं. १७ का २९ वर्षीय रामु गिरीलाई प्रहरीले सिद्धार्थ नगर ८ बाट जेठ ३१ गते नै पक्राउ गरेको छ ।

रुपन्देहीको सैनामैना नगरपालिका ८ का २८ वर्षीय प्रतीक बस्याललाई सिद्धार्थ नगर ८ बाट जेठ ३१ गते पक्राउ गरेको छ ।

त्यसैगरी प्रहरीले काठमाडौं महानगरपालिका वडा नं. ३० का सजल श्रेष्ठलाई जेठ ३२ गते काठमाडौं महानगरपालिका ६ बाट पक्राउ गरेको आइतबार जारी विज्ञप्तिमा केन्द्रीय अनुसन्धान व्यूरो (सीआइबी)ले जनाएको छ ।

Published : Sunday, 2024 June 16, 8:40 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया