प्रधानमन्त्री दाहालद्वारा आइजीपीसँग भेट, हटाउनेबारे के भयो कुरा ?
भरतपुर । नेपाल प्रहरीका आइजीपी बसन्तबहादुर कुँवरलाई हटाउने चर्चा चलिरहेका बेला प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कुनै पनि आइजीपी परिवर्तन नहुने बताएका छन् ।
सोमबार भरतपुर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै दाहालले तीनवटै सुरक्षा निकायका प्रमुखहरूलाई बोलाएर आफूले ढुक्कसँग काम गर्न निर्देशन दिएको बताए । आइजीपी परिवर्तन हुने भन्ने कुरा हल्लामात्रै भएको प्रधानमन्त्री दाहालले बताएका छन् ।
उनभने, ‘मैले अस्तिको दिनमात्रै तीनवटै आइजीपीहरूलाई बोलाएर केही परिवर्तन हुँदैन, तपाईंहरू ढुक्कसँग काम गर्नुस् भनेर भनिसकेको छु ।’
नेपाल प्रहरीका आइजीपी कुँवरलाई हटाउन लागेको भनेर समाचार आइरहेका बेला प्रधानमन्त्री दाहालले आइपीपी परिवर्तको हल्ला निराधार भएको भन्दै खण्डन गरेका छन् ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआइबी)को प्रमुखमा रहेका एआइजी श्यामलाल ज्ञवालीले कुँवरलाई हटाएर आफू आइजीपी बन्न लागेको भनेर केही सञ्चारमाध्यमले समाचार प्रकाशित गरेका छन् । ती समाचारमा सत्यता नरहेको दाहालले जनाएका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया