जेठी श्रीमतीको घाँटी थिचेर हत्या, श्रीमातीभन्दा श्रामान ३ वर्ष कान्छो

काठमाडौं । जेठी श्रीमती ३७ वर्षीया नजाबुन नेसालाई घाँटी थिचेर हत्या गरेको अभियोगमा प्रहरीले ३४ वर्षीय मसुद आलम लहेरीलाई पक्राउ गरेको छ ।

रौतहट जिल्लाको राजपुर नगरपालिका वडा नं. ५ मदानी चौक बस्ने फिदा हुसेन लहेरीको छोरा मसुद आलमले जेठ ३२ गते बिहान करीव ४ बजेर ३० मिनटमा आफ्नै फुसको घरमा जेठी श्रीमतीको हत्या गरेको प्रहरीले जनाएको छ ।

घटनास्थल पुगेको प्रहरीले पति मसुद आलम लहेरीलाई पक्राउ गरेर प्रारम्भीक बयान लिएको थियो । मसुद आलम लहेरीले जेठी श्रीमती नजाबुन नेसालाई घाँटी थिचेर हत्या गरेको स्वीकार गरेको प्रहरीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

घाँटी थिचेर हत्या गर्नुभन्दा अगाडि मसुद आलम लहेरीले श्रीमती नजाबुन नेसालाई कुटपिट गरेर घाइते बनाएका थिए । जेठी श्रीमती नजाबुन नेसा श्रीमानभन्दा ३ वर्ष जेठी थिइन् ।

Published : Tuesday, 2024 June 18, 1:01 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया