वडाध्यक्षको कीर्ते दस्तखत गरेर सिफारिस दिने गोसाईकुण्ड २ का वडा सचिव पक्राउ

काठमाडौं । जिल्ला प्रहरी कार्यालय रसुवाले गोसाईकुण्ड गाउँपालिका वडा नं. २ का वडा सचिव ४७ वर्षीय वाङ्दी तामाङलाई पक्राउ गरेको छ ।

वडाध्यक्ष कामी छिरिङ तामाङको अनुपस्थितिमा अध्यक्षको दस्तखत कीर्ते गरेर वडा सचिव वाङ्दी तामाङले जग्गा पास गर्नको लागि घरबाटो सिफारिस दिएको अभियोगमा असार ९ गते पक्राउ गरिएको विज्ञप्तिमा उल्लेख छ ।

वडाध्यक्ष कामी छिरिङ तामाङले वडा सचिव वाङ्दी तामाङविरुद्ध प्रहीमा जाहरी दिएका थिए । जाहेरीका आधारमा प्रहरीले अदालतबाट अनुमति लिएर वडा सचिव वाङ्दी तामाङलाई पक्राउ गरेको छ ।

प्रहरीले वडा सचिव वाङ्दी तामाङलाई रसुवा जिल्ला अदालतको आदेशमा हिरासतमा राखिएको छ । वडा सचिव वाङ्दी तामाङसँग म्याद थप, बयान, अनुसन्धान प्रतिवेदनका कार्यहरू बाँकी रहेका छन् ।

Published : Sunday, 2024 June 23, 8:45 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया