चारपाटा मुण्डन गरेर देश निकाला गर्नुपर्ने स्वर्णिम वाग्लेको देशद्रोही हर्कत

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति स्वर्णिम वाग्ले कति नमक हराम छन् भन्ने कुरा अहिले आएर प्रष्ट खुलेको छ ।

तनहुँका जनताले अपार मत दिएर वाग्लेलाई जिताए । जितेर आएपछि वाग्लेले राष्ट्रघात र देश नै बिक्री गर्ने वा बुझाउने प्रस्ताव राखेर जन्मदिने आमा अर्थात् नेपाललाई बिक्री गर्ने प्रयास गरेका छन् ।

वाग्लेमाथि छानविन गरेर उनलाई दोषी पाइएमा चारपाटा मुण्डन गरेर देश निकाला गर्नुपर्ने माग उठेको छ । नयाँ जोगीले धेरै खरानी खस्छ भनेको कुरा स्वर्णिम वाग्ले, मनीष झा र रवि लामिछानेहरूका हर्कतले देखाएको छ ।

रास्वपाका नेताकहरूमाथि पहिला देखिनै विभिन्न खालका प्रश्न र आशंकाहरू थिए । रास्वपाका सभापति रवि लामिछानेको नैतिक आचारण, उनले गरेका ठगी, सहकारी काण्ड, पत्नी काण्ड आदि थुप्रै छन् । टेलिभिजन प्रस्तोता हुँदा मान्छेहरूलाई ब्ल्याकमेलिङ गर्ने लगायतका कार्य गरेको आरोप अहिले पनि लामिछानेलाई लाग्दै आएको छ ।

रास्वपाका उप–सभापति स्वर्णिम वाग्लेले त नेपाललाई भुटाउन जस्तो बनाउने भनेर प्रस्ताव नै राखेको तथ्य उनकै पार्टीका नेताले ल्याइदिएपछि झन् ठूलो रहस्य बाहिर आएको छ । विदेशी महिलासँग विवाह गरेर नेपाल आएका वाग्लेमाथि शुरु देखिनै नेपाली जनता सशंकित थिए । नेपालको माया वाग्लेलाई छैन भन्ने कुरा उनको प्रस्तावले खुलासा गरेको छ ।

स्वर्णिम वाग्ले, मनीष झा, रवि लामिछाने जस्ता खराब नेताहरूका कारण नेपाल र भारतबीचको सम्बन्धलाई समेत बिगार्ने तहमा गतिविधि हुन खोजेपछि रास्वपाका नेताहरूको औकात देखिएको छ । यस्तै दलालहरूका कारण भारतलाई नेपालमा बदनाम गर्ने प्रयासहरू हुँदै आएका छन् ।

एउटा टेलिभिजनसँगको अन्तर्वार्तामा रास्वपाका नेता मुकुल ढकालले भनेका छन्, ‘दोस्रो पटक सरकार बनिसकेपछि मलाई…पार्टीको तर्फबाट भारतर्फ हेर्नको लागि मलाई नै जिम्मेवारी थियो । उहाँले बारम्बार के भन्नुभयो चाहिँ भारतलाई म जे पनि बुझाउनको लागि म जे पनि गर्न तयार छु । मलाई प्रधानमन्त्री बनाउनको लागि भारतलाई म, भनेर मलाई उहाँले पठाउनुभयो । मैले त्यो कहिले पनि गर्न सकिन । म यो विषयमा लाइभ डिटेक्सन टेस्ट दिन तयार छु । म झुठो बोलेको केशमा ।’

‘मलाई उहाँले त्यस्तो भनेपछि शंका लाग्यो । आत्मसमर्पणवाद हो की के हो त्यसपछि मैले उहाँलाई प्रतिप्रश्न गरिन्’, ढकालले भने ।

‘एकचोटी के भयो भने उहाँ (रवि लामिछाने) गृहमन्त्री भएपछि एउटा होटलमा…पत्रिकामा पनि आएको छ । हामीले भारतीय राजदूतलाई भेट्यौँ । म, रविजी र स्वर्णिम वाग्ले हुनुहुन्थ्यो । उताबाट एउटा आफ्नो टिम बनेको थियो । त्यो टिम भेटेपछि उहाँ जानुभयो । त्यो भेटपछि लिफ्टबाट तल ओर्लिएपछि त्यतिबेला स्वर्णिम वाग्लेले मलाई के भन्नुभयो भनेपछि भन्दाखेरी चाहिँ भारतलाई नेपाल, नेपाल देशलाई चाहिँ भारत राज्य बनाइदिनको लागि या भुटान जस्तै बनाइदिनका लागि एग्रिमेन्ट गरिदिने र त्यो गरिसकेपछि यिनीहरूले मानिदिन्छन् भनिसकेपछि मलाई त्यतिबेला झनक्क रिस उठ्यो । म लाईभ डिटेक्सन दिन तयार छ । उहाँ (स्वर्णिम वाग्ले)ले भनेको हो । यो कुनै पनि प्रकारको छानविनमा जान तयार छु । कुनै प्रकारको छानविन, कुनै पनि प्रकारको के के गर्नुपर्छ यसमा…यो मैले भनेको…तर यसको पछाडि मोबाइलमा कुनै रेकर्ड हुँदैन । यसको सत्य के हो भन्दाखेरी चाहि यसको आ–आफ्नो कुराहरू छ, त्यो कुराहरूमा तपाई जानुपर्छ’, ढकालले भने ।

‘र, स्वर्णिम वाग्लेले के भन्नुभयो भन्दाखेरी नेपाललाई भुटान बनाइदिने कुराहरू भन्नुभयो । त्यसपछि उहाँले भारतको राज्य बनाइदिने कुरा गर्नुभएपछि त्यतिबेला मलाई झनक्क रिस उठ्यो । रिस उठेपछि मैले…झनक्क रिस उठेपछि पिक उठेपछि त्यसपछि त्यो दिनदेखि स्वर्णिम वाग्लेलाई उपसभापति मानिन् । उहाँहरूको प्रस्थान विन्दु भारतको राज्यमा बुझाउने कुराहरू भयो । उहाँहरूलाई नेता मान्न सकिन । रवि लामिछानेको कुरामा उहाँले ठ्याक्कै राज्य बनाउने कुरा गर्नुभएन । स्वर्णिम वाग्लेले त नेपाललाई भारतको राज्य बनाउने गरि कुरा गर्नुभयो’, रास्वपाका नेता ढकालले भने ।

Published : Monday, 2024 July 15, 8:45 am

फेसबुकबाट तपाईको प्रतिक्रिया