चन्द्रागिरी केबलकारमा ७५ जना यात्रु डब्बाभित्रै झुण्डिए, सुरक्षाकर्मीद्वारा उद्धार

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष समेत रहेका व्यवसायी चन्द्रप्रसाद ढकालको चन्द्रागिरी केवलकारमा झण्ड ७५ जना बक्साभित्र झुण्डिएका छन् ।

बुधबार केबलकारमा समस्या भएपछि यात्रुहरू लामो समय झुण्डिएका थिए । उनीहरूलाई सुरक्षाकर्मीले उद्धार गरेर केबलकारलाई करिब २ घण्टापछि सञ्चालनमा ल्याइएको छ ।

विद्युत् भएका कारण केवलकारका ८ वटा डब्बामा ७५ जना यात्रु दिउँसो साढे १ बजेदेखि झुण्डिएको प्रहरीले जनाएको छ ।

महानगरीय प्रहरी बृत्त थानकोटका अनुसार केवलकारमा झुण्डिएका यात्रुलाई झार्न कम्पनीले जेनेरेटर चलाउन खोजिएको थियो । कम्पनीले जेनेरेटर पनि चलाउन नसकेपछि प्रहरीको सहयोगमा हातैले केवलकारका डोरी तानेर तत्लो स्टेशनमा झारिएको थियो ।

यात्रुको उद्धारका लागि सशस्त्र प्रहरीको नम्बर ९ पशुपतिनाथ बाहिनीबाट ११ जनाको सशस्त्र प्रहरीको टोली चन्द्रागिरि गएको थियो ।

जेनेरेटर पनि नचलेपछि कम्पनीले प्रहरीको सहयोग लिएर केवलकारका रोप्वेलाई हातैले तानेर झारेपछि ८ वटा डब्बामा अड्किएका यात्रु सकुशल तल्लो स्टेशन झरेका छन् ।

Published : Wednesday, 2024 July 17, 8:41 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया