कांग्रेस नेता चौधरीले दिए लुम्बिनीका प्रदेश प्रमुख मगरलाई बधाइ
काठमाडौं । नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभा संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले लुम्बिनी प्रदेश प्रमुख कृष्णबहादुर घर्ती मगरलाई बधाइ तथा शुभकामना दिएका छन् ।
मगरले बिहीबार राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन् । मगरले शुक्रबार बुटवलस्थित प्रदेश प्रमुखको कार्यालयमा पदभार ग्रहण गर्नेछन् ।
नवनियुक्त प्रदेश प्रमुख मगरलाई संसदीय दलका नेता चौधरीले काठमाडौंमा बधाइ दिएका हुन् । मगरको निवासमा पुगेर चौधरीले बधाइ दिएको कांग्रेस नेता नहकुल केसीले बताएका छन् ।
प्रदेश प्रमुख मगरलाई बधाइ दिन संसदीय दलका नेता चौधरी, नेताद्वय जानकीलाल बस्नेत र नहकुल केसी निवासमा पुगेका थिए ।
सरकारले साउन १४ गते मगरलाई लुम्बिनी प्रदेशको प्रदेश प्रमुख नियुक्त गरेको हो । कांग्रेसको सिफारिसमा मगर प्रदेश प्रमुख बनेका हुन् ।
रोल्पा जिल्ला निवासी घर्ती मगरले शुक्रबार बुटवलमा पदभार ग्रहण गर्ने कार्यक्रम छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया