खेलकुदमन्त्री चौधरीद्वारा महिला तेक्वान्दो प्रतियोगिताको उद्घाटन

सातदोबाटो । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले चौथो महिला राष्ट्रिय खुल्ला तेक्वान्दो प्रतियोगिता २०८१ को उद्घाटन गरेका छन् ।
बिहीबार ललितपुरमा मन्त्री चौधरीले प्रतियोगिताको उद्घाटन गरेका हुन् । नेपाल तेक्वान्दो संघको केन्द्रीय तेक्वान्दो एकेडेमी हलमा साउन २४ देखि २६ गतेसम्म प्रतियोगिता हुनेछ ।
महिला राष्ट्रिय प्रतियोगिताको उद्घाटन समारोहमा ३ वटा विभागीय टिम लगायत सात वटा प्रदेशका महिला तेक्वान्दो खेलाडी, टिम प्रशिक्षक, टिम व्यवस्थापकको सहभागिता रहेको छ ।
कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्व सांसद योगेन्द्र चौधरी लगायतको उपस्थिति रहेको थियो ।
Published : Thursday, 2024 August 8, 9:43 pm
बिचार/ब्लग

केपी ओलीभन्दा गिरिजाप्रसाद हठी, कानून उल्लंघन गर्नुभएन
किशोर श्रेष्ठ
नेपाल यिनीहरूले तर्क गरे जस्तो खराब छैन
दिलनिशानी मगर
कांग्रेसको कार्यसम्पादन समितिको निर्णयहरू
शेरबहादुर देउवा
फेसबुकबाट तपाईको प्रतिक्रिया