खेलोफड्को गर्न प्रदीपले रोकेको फाइल मन्त्रिपरिषदमा, अब हवाई क्षेत्र सुरक्षित हुने
काठमाडौं । नेपालको हवाई क्षेत्र निकै असुरक्षित भइरहेका बेला सरकारले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई विभाजन गरेर नियमन र सेवा प्रदायक बनाउने निर्णय गर्ने प्रक्रिया अगाडि बढाएको छ ।
मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा विशेष समयमा बोल्दै नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले प्राधिकरणलाई विभाजन गरेर नियमन र सेवा प्रदायक बनाउने निर्णय हुन लागेको बताए । उनले सोमबार बसेको मन्त्रिपरिषद बैठकले प्राधिकरणलाई विभाजन गरेर नेपालको हवाई क्षेत्र सुरक्षित बनाउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले थालनी गरेको बताए ।
सांसद थापाले भने, ‘पर्यटनमन्त्री आइसकेपछि दुर्भाग्य ठूला ठूला दुर्घटनाहरू भए । हामीले मानिसहरू गुमाउनु प¥यो । त्यो विषयमा संसदमा व्यापक चर्चा भएको छ ।’
‘मैले थाहा पाएसम्म माननीय पर्यटनमन्त्री यसमा अत्यन्तै गम्भीर हुनुहुन्छ । हिजकै मन्त्रिपरिषदमा…थाहा छैन यसमा सुनेसम्म प्राधिकरणलाई अलग गर्ने वर्षौंदेखिको गर्नुपर्ने थाँती रहेको काम थियो त्यसलाई उहाँले अगाडि बढाइसक्नुभएको छ’, सांसद थापाले भने ।
तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयमन्त्री प्रेम आलेलाई ठूलो प्रभावमा पारेर प्रदीप अधिकारीले प्राधिकरणको महानिर्देशक पद हत्याएका थिए । अधिकारी महानिर्देशक बनेपछि उनको कार्यकालमा ८ वटा ठूला हवाई दुर्घटना भइसकेका छन् ।
नेपालको हवाई क्षेत्र अस्तव्यस्त र असुरक्षित बनेको छ । महानिर्देशक अधिकारीले नै चलखेल गरेर प्राधिकरणलाई सेवा प्रदायक र नियामक निकाय बनाउन दिएका थिएनन् ।
अब प्राधिकरणलाई सेवा प्रदायक र नियामक अलग अलग बनाएमा नेपालको हवाई क्षेत्र सुरक्षित हुने विज्ञहरूले बताएका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया