चीनमा सम्पन्न ताईक्वान्दोमा नेपाललाई २ पदक

काठमाडौं । चीनको हुनान प्रान्तको लुधी शहरमा भएको एशियन खुल्ला अन्तर्राष्ट्रिय ताईक्वान्दो प्रतियोगितामा नेपालले दुई पदक हातपारेको छ ।

अगस्ट ९ र १० तारिखसम्म आयोजना भएको प्रतियोगितामा नेपालले एक रजत र एक कास्य पदक हात पारेको हो ।

ताईक्वानदो आईटीएफ नेपालका प्रशिक्षक गायजी खडकाले व्यक्तिगत प्याट्रनतर्फ सेमीफाइनलमा मलेशियाका मो चीङ्गमिङ्गसंग पराजित भएका थिए ।

५८ केजीमुनि तौल समूहमा फाईनल खेलमा चीनका छन व्हायूसंग पराजित भएका थिए ।

नेपाल, चीन, मलेशिया, रसिया, अफगानिस्तान र अस्ट्रेलियाका खेलाडी तथा अफिशियल सहभागी उक्त प्रतियोगितमा नेपालकी सस्मिनी बस्नेतले अम्पायरको भूमिका निर्वाह गरेकी थिइन् ।

अगस्ट ८ तारिखमा अन्तर्राष्ट्रिय ताईक्वानदो महासंघका सह–महासचिव तथा सिनियर मास्टर माइकल मुलेताले संचालन गरेको मास्टर क्लासमा ताईक्वानदो आईटीएफ नेपालका संस्थापक अध्यक्ष मास्टर लक्ष्मण बस्नेतले सहायक भई प्रशिक्षण दिएका थिए ।

प्रतियोगितामा विजयी खेलाडीहरूलाई मेडल तथा प्रमाणपत्र वितरण गरिएको थियो ।

Published : Wednesday, 2024 August 14, 9:53 am

फेसबुकबाट तपाईको प्रतिक्रिया