गठ्ठाघर दुर्घटनाको सीसीटीभी भिडियोमा देखियो ट्रक चालकको गम्भीर लापरबाही (भिडियो)

काठमाडौं । भक्तपुरको गठ्ठाघरमा भएको दुर्घटनाको ट्रक चालकको लापरबाहीले दुर्घटना भएको सीसीटीभीको भिडियोमा देखिएको छ ।

काठमाडौंबाट भक्तपुरतर्फ जाँदै गरेको बा.४९ प ८९४४ नम्बरको स्कुटरलाई ना.६ ख २१७३ नम्बरको भाडाको ट्रकले बिहीबार ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको थियो ।

गठ्ठाघर पुल नकिजै ट्राफिक प्रहरीको चेकजाँच स्पट पार गरेपछि ट्रकले स्कुटरलाई ठक्कर दिएको भिडियोमा देखिएको छ ।
ट्रकका चालकले स्कुटरलाई नदेखेर ठक्कर दिएको भिडियोमा देख्न सकिन्छ । ट्रकको अगाडिको चक्काले स्कुटरलाई लछारेर ढालेको छ । स्कुटर ढलेपछि ट्रकको पछाडिको चक्काले स्कुटर र मानिसलाई किचेको भिडियोमा देखिएको छ ।

मृत्यु हुनेमा ओखलढुङ्गाको चिसंखुगढी गाउँपालिका वडा नं. ४ घर भएका ६५ वर्षीय उत्तम कोइराला छन् ।

ट्रक र स्कुटरबीच गठ्ठाघरमा भएको दुर्घटनालाई प्रहरीले ब्लाइन्ड स्पट भन्छन् । ट्रक चालकले बायाँतर्फ गुडिरहेको स्कुटर देख्न नसक्दा दुर्घटना भएको ट्राफिक प्रहरीका अधिकृतहरु बताउँछन् ।

Published : Friday, 2024 August 16, 1:13 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया