परराष्ट्रमन्त्री डा.राणा पाँच दिने भारत भ्रमणका लागि आइतबार प्रस्थान गर्ने

काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाको भारत भ्रमणबारे परराष्ट्र मन्त्रालयले औपचारिक रुपमा जानकारी दिएको छ ।

शनिबार परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गरेर मन्त्री डा.राणा ५ दिने भारत भ्रमणमा जान लागेको जनाएको छ । डा.राणा आइतबार भारत प्रस्थान गर्नेछिन् ।

भारतीय विदेशमन्त्री एस.जयशंकरको निमन्त्रणमा परराष्ट्रमन्त्री डा.राणाले १८ देखि २२ अगस्ट (भदौ २ देखि ६ गते)सम्म भारत भ्रमण गर्ने छिन् ।

भ्रमणका क्रममा डा.राणाले भारतीय विदेशमन्त्री जयशंकरसँग दुई पक्षीय हित र नेपाल भारत सम्बन्धका विविध पक्षमा कुराकानी हुने परराष्ट्र मन्त्रालयले विज्ञप्तिमार्फत जनाएको छ ।

उच्च तहको नियमित भ्रमण आदान प्रदानले नेपाल र भातबीचको वषौं पुरानो द्विपक्षीय सम्बन्ध अझ गाढा हुँदै जाने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

भारतीय विदेश मन्त्रालयले पनि विज्ञप्ति जारी गरेर परराष्ट्र मन्त्री डा.राणाको भ्रमणका बारेमा जानकारी गराएको छ । दुई देशका परराष्ट्रमन्त्रीबीच हुने विषयमा पनि जानकारी गराइएको छ ।

भारत भ्रमण सकेर परराष्ट्रमन्त्री डा.राणा भदौ ६ गते स्वदेश फर्किने कार्यक्रम छ ।

Published : Saturday, 2024 August 17, 7:34 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया