तनहुँमा भारतीय यात्रु बोकेको बस दुर्घटना
दमौली । तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ऐनापहरामा भारतीय पर्यटक बोकेको बस दुर्घटना भएको छ ।
शुक्रबार दुर्घटना भएको बसमा चालकसहित ४३ जना सवार रहेको खुलेको छ । उनीहरूमध्ये ३९ जनाको दुर्घटनास्थलमा उद्धार गरिएको छ । चार जना बेपत्ता छन् ।
सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार १४ जनाको मृत्यु भएको छ । घाइतेहरूको उद्धार भइरहेको थापाले बताएका छन् ।
बसमा सवार चालकसहित ४३ जनामध्ये ३९ जनालाई घटनास्थलमा उद्धार गरिएको छ । चार जना मर्स्याङ्दीमा बेपत्ता रहेको तनहुँ प्रहरीले जनाएको छ ।
१४ जनालाई उद्धार गरी आबुखैरेनी अस्पताल पठाइएको छ । केशरवानी परिवहन ट्राभल्सको यूपी ५३ एफटी ७६२३ नम्बरको बस भदौ ४ गते बेलहिया नाकाबाट ८ दिनको रुट परमिट लिएर नेपाल भित्रिएको थियो ।
पर्यटकलाई भैरहवाबाट पोखरा पु¥याएर काठमाडौं ल्याउँदै गर्दा बस सडकबाट मर्स्याङ्दी नदी किनारमा खसेको प्रहरीले जनाएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया