प्रधानमन्त्री ओलीको अध्यक्षतामा मूल समारोह समिति गठन

काठमाडौं । प्रधानमन्त्री केपी ओलीको अध्यक्षतामा संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८१ गठन भएको छ ।

आइतबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा गृह मन्त्रालयद्वारा आयोजित बैठकले दिवसलाई जनस्तरमा स्मरणीय तथा हर्षोल्लासका साथ मनाउन ओलीको अध्यक्षतामा मूल समारोह समिति गठन गरेको हो ।

संविधानसभाबाट नेपालका संविधान जारी भएको दिन (२०७२ असोज ३) लाई राष्ट्रियरुपमा मनाउन आउँदो असोज २, ३ र ४ गते तीन दिनसम्म नेपालभित्र र विदेशस्थित नेपाली राजदूतावास तथा नियोगहरु र जनस्तरमा समेत दीपावलीलगायतका विविध कार्यक्रम तय गरेको छ ।

प्रधानमन्त्री ओलीले भने, ‘संविधान दिवस देशको सबैभन्दा ठूलो चाड हो । यो कुनै जाति, समुदाय र भूगोल विशेषको होइन, सिंगो देशको वार्षिक मेला हो । त्यसअनुसार मनाउने तयारी गर्न म सबैलाई आग्रह गर्दछु ।’

दिवसका लागि मूल समारोह समितिका साथै प्रचार–प्रसार, बृहत् जनसहभासगितासहित राष्ट्रिय गीतहरुको कन्सर्ट कार्यक्रम, सांस्कृतिक झाँकी व्यवस्थापन, सांस्कृतिक विविधता प्रदर्शन व्यवस्थापन, ग्राउण्ड, कवाज तथा व्यायाम व्यवस्थापन, मञ्च सजावट तथा व्यवस्थापनका लागि उपसमिति पनि गठन गरिएको छ ।

Published : Sunday, 2024 August 25, 10:51 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया