काभ्रेमा तरुण दलद्वारा पहिरोपीडित परिवारलाई ३ लाखसहित राहत वितरण

बनेपा । नेपाल तरुण दल काभ्रेले पहिरोपीडित सर्वसाधारणलाई नगदसहित राहत हस्तान्तरण गरेको छ ।

भदौ ४ गते काभ्रेको तेमाल गाउँपालिका वडा नं. ५ कोकाममा पहिरो गएको थियो । पहिरोमा १ घर पूर्णरुपमा क्षति भएको थियो । ४ वटा घरमा क्षति पुगेका छ ।

पहिरोमा परेर एकजना गर्वभती महिला घाइते भएकी थिइन् । उनको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।

नेपाल तरुण दलका नेताहरू मिथुनकुमार लामा, हीरालाल लामा, बज्र लामा र मिन्टु लामाले अभियान सञ्चालन गरेर राहत संकलन गरी हस्तान्तरण गरेका छन् ।

तीन लाख छयालीस हजार तीन सय नब्बे रुपियाँ संकलन गरी जिल्ला समन्वय समिति काभ्रेका उपप्रमुख रिमबहादुर तामाङमार्फत पहिरोपीडित परिवारलाई हस्तान्तरण गरिएको छ ।

पीडितपरिवारलाई घरायसी र खाद्य सामग्रीहरू पनि हस्तान्तरण गरिएको छ ।

वडाध्यक्ष हजारसिं लामा, नेपाल तरुण दलकी केन्द्रीय सदस्य स्मिता लामा, नेपाली कांग्रेस प्रदेशसभा क्षेत्रीय सचिव दावा फेन्चु लामा, नेपाल तरुण दल जिल्ला सदस्यद्वय निमा लामा र युवराज लामा लगायतको उपस्थिति रहेको थियो ।

Published : Monday, 2024 August 26, 1:16 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया