बंगलादेशमा जस्तै भाग्ने अवस्था आयो भने खुमलटारबाट प्रचण्ड पनि भाग्नु पर्छ : गगन थापा
काठमाडौं । नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले बंगलादेशमा जस्तो शेख हिसनालाई जस्तो भाग्ने अवस्था आयो भने नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि भाग्नुपर्ने बताएका छन् ।
बिहीबार बसेको प्रतिनिधि सभाको बैठकमा विशेष समयमा बोल्दै सांसद थापाले बंगलादेशमा शेखर हसिना जस्तै भाग्ने दिन आयो भने प्रचण्ड मात्रै खुमलटारमा बस्ने अवस्था नरहने बताए । उनले आफैले लगाएको आगोले आफूलाई पोल्न सक्ने बताए । उनले उत्तेजनाको राजनीति नगर्न प्रचण्डलाई सचेत गराएका छन् ।
सत्तामा आएपछि माओवादीका अध्यक्ष दाहाल पनि निरन्तर सत्तामा छन् । उनका कारण पनि नेपालमा राजनीतिक अस्थिरता भएको आरोप लाग्दै आएको छ । सत्ताबाट बाहिर आउनेवित्तिकै दाहालले अन्य दललाई दोष थुपारेर बच्ने प्रयासहरू गरिरहेका छन् ।
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष समेत रहेका पूर्वप्रधानमन्त्री दाहालले बंगलादेशमा जस्तै सत्तारुढ दलका नेताहरूलाई भाग्ने अवस्था आउने भनेका थिए । भाग्ने अवस्था आउँदै गर्दा दाहाल खुमलटारमा सुरक्षित रहने कुरै रहँदैन ।
कांग्रेसका सांसद थापाले भ्रष्टाचार विधेयकमा हदम्याद राख्नु हुँदैन भनेर आफूले नै संशोधन राखेको बताए । उनले यो विषयमा केही नयाँ दलहरूले राजनीति गरेको भन्दै चिन्ता जनाए ।
सांसद थापाले भ्रष्टाचारको विषमया हदम्याद राख्दैनौं भनेर छलफल भएको भन्दै हदम्याद नराखिने बताए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया