परराष्ट्रमन्त्री डा.राणाद्वारा तीजका अवसरमा पूजा, सभापति देउवा पनि सहभागी

काठमाडौं । परराष्ट्रमन्त्री एवम् नेपाली कांग्रेसकी नेतृ डा.आरजु राणा देउवाले तीज पर्वको अवसरमा परम्पराअनुसार पूजाअर्चना गरेकी छिन् ।

काठमाडौंको बुढानिलकण्ठस्थित निवासमा मन्त्री डा.राणाले पूजा कोठामा भक्तिश्रद्धाका साथ तीज पर्वका अवसरमा पूजाअर्चना गरेकी हुन् ।

परराष्ट्रमन्त्री डा.राणाले पूजा गर्ने क्रममा कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा पनि सहभागी भएका थिए ।

उनीहरूले तीज पर्वका अवसरमा भक्तिश्रद्धाका साथ पूजाअर्चना गरेको निजी सचिवालयले जनाएको छ ।

Published : Friday, 2024 September 6, 4:06 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया