संविधान दिवसका अवसरमा कांग्रेसको कानून विभागले विशेष कार्यक्रम गर्ने

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कानून विभागले संविधान दिवसमा अवसरमा विशेष कार्यक्रम गर्ने निर्णय गरेको छ ।

शनिबार वीपीनगर, ललितपुरमा बसेको विभागको बैठकले दिवसमा विभन्न कार्यक्रम गर्ने निर्णय गरेको मानबहादुर नेपालीले बताएका छन् ।

विभागका प्रमुख नेपालीले भने, ‘नेपाली कांग्रेस केन्द्रीय कानून विभागले संविधान दिवसको उपलक्ष्यमा अन्तरक्रिया कार्यक्रम काठमाडौंमा गर्ने निर्णय गर्दछ ।’

‘नेपाली कांग्रेस केन्द्रीय कानून विभागको सचिवको नियुक्ति नभएसम्म सचिवको रुपमा कामकाज गर्नका लागि जिम्मेवारी विभागका सदस्य कलमबहादुर खत्रीलाई दिने निर्णय गर्दछ’, विज्ञप्तिमा उल्लेख छ ।

‘नेपाली कांग्रेस केन्द्रीय कानुन विभागले आफ्नो वार्षिक कार्यतालिका (क्यालेण्डर) तयार गरी अर्को बैठकमा पेश गर्ने निर्णय गर्दछ’, प्रमुख नेपालीले भनेका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘नेपाली कांग्रेसका आदरणीय सभापति शेरबहादुर देउवाज्यूले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम पार्टीका केन्द्रीय सदस्य मानबहादुर नेपालीलाई नेपाली कांग्रेस कानून विभागको प्रमुखमा र प्रमुखको सिफारिशमा १० जना सदस्यहरु मनोनयन गर्नु भएकोमा आदरणीय सभापतिज्यूप्रति यो बैठक आभार व्यक्त गर्दै धन्यवाद ज्ञापन गर्ने निर्णय गर्दछ ।’

Published : Friday, 2024 September 6, 4:32 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया