कांग्रेस परित्याग गर्दा गुल्मीकी उर्मिलाको निर्वाचित जनप्रतिनिधि पद फुत्कियो

तम्घास । नेपाली कांग्रेस परित्याग गरी एमालेमा प्रवेश गरेकी वडा सदस्य उर्मिला आचार्य नेपालीको पद निर्वाचन आयोगले पदमुक्त गरिदिएको छ ।

गुल्मीको छत्रकोट गाउँपालिका वडा नं. ५ मा दलित महिला वडा सदस्य उर्मिला कांग्रेसबाट निर्वाचित भएकी थिइन् । कांग्रेस परित्याग गरेर एमालेमा प्रवेश गरेसँगै निर्वाचन आयोगले उर्मिलालाई पदमुक्त गरिदिएको छ ।

उर्मिला चैत महिनामा कांग्रेस छाडेकी थिइन् । उर्मिलालाई कांग्रेसले पदमुक्त गराउन निर्वाचन आयोगमा निवेदन दिएको थियो । एउटा दलबाट निर्वाचित भएर अर्को दलमा प्रवेश गर्दा पद स्वतः जाने कानूनी व्यवस्था छ ।

कांग्रेसले उर्मिलालाई अनुशासनको कारबाही समते गरेका थियो । कांग्रेसमा कारबाहीमा परेकी उर्मिलाको पद फुत्किएपछि चकित परेकी छिन् ।

Published : Friday, 2024 September 13, 1:29 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया